क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन

क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन



काठमाडौं । संसदीय सुनुवाइ विषेश समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

हाल परराष्ट्र सचिवसमेत रहेका पौड्याललाई सरकारले क्यानडाका लागि राजदूत बनाउने सिफारिस गरेपछि आइतबार उनको संसदीय सुनुवाइ भएको थियो ।

कात्तिक २ गते मन्त्रिपरिषद बैठकले पौड्याललाई क्यानडाको राजदूतमा सिफारिस गरेको थियो । सुनुवाइ समितिले १५ कात्तिकमा पौड्यालविरुद्ध उजुरी आह्वान गरेको थियो ।

उनलाई अब राष्ट्रपतिले नियुक्त गरेपछि औपचारिक रुपमा राजदूतको कार्यभार सम्हाल्नेछन् । पौड्यालले क्यूबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैर आवासीय राजदूत र अन्तर्राष्ट्रिय नागरिक उड्ययन संस्था (आइकाओ) को पनि स्थायी प्रतिनिधिको रुपमा काम गर्नुपर्नेछ ।