काठमाण्डाैं,मंसिर १७ गते । विवाद निकै उचाइ पुगेकाे नेकपाकाे भविष्य के हाेला भनेर विभिन्न अडकलवाजी काटिरहेकाे बेलामा साेही पार्टी एकजना नेता तथा पुर्वमन्त्री गाेकुल वास्काेटाले कडा निष्कर्ष निकालेका छन।प्रधानमन्त्री केपी अेाली निकट वास्काेटाले वुधवारकाे सचिवालय वैठक समेत निकै तनावपुर्ण भएपछि नेकपा दुर्घटना तर्फ जादै गरेकाे वताएका छन।उनले भनेका छन-नेकपा विवाद हेर्दा बहुत सरलरुपमा याे भन्न सकिन्छ कि महाधिवेशन छलेर,कार्यकर्तालाई निर्णय गर्ने अवसरबाट बञ्चित गरेर अनि आमचुनावमा जनताले गर्ने फैसलासमेत कुर्न नसकेर जाने हाे भने नेकपाकाे क्लाईमेक्स र काेल्याप्स यसै समयमा देखिने भाे। त्यसपछि जय जय जय हाेईन जय नेपाल !