गीतकार बनेर आईन् बिटु केसी

Globe Nepal
Globe Nepal 2019-03-18

टेक्सास,अमेरिका,मार्च १८ । पत्रकार एवं सर्जक विटु केसी बराल गीतकारको रुपमा आफ्नो नयाँ परिचयसहित आएकी छिन् । उनीद्वारा रचित गीतहरुको एल्बम 'आधा मन' को पहिलो गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएसंगै उनी गीतकारको रुपमा सार्वजनिक भएकी हुन् ।
एल्बमको पहिलो गीत 'तिमीले बोले मात्र पुग्छ।।।' को बोलको यो गीतमा अनिल शाहीको संगीत र एन्जेला श्रेष्ठको स्वर रहेको छ । हाइलाइट्स नेपालले बजारमा ल्याएको यो म्युजिक भिडियोमा संगीतकार शाही र बबिता प्रधान श्रेष्ठको अभिनय रहेको छ ।
पाँच देखि छ वटासम्म गीत 'आधा मन' एल्बममा समावेश  रहने संगीतकार अनिल शाहीले जानकारी दिएका छन् । 
करीब करीब सबै गीतहरुको रेकर्डिंग पूरा भइसकेको जानकारी गराउँदै संगीतकार शाहीले भने " यस एल्बममा गरिएको मेहनेतअनुसार म धेरै नै उत्साहित छु ।' अरु गीत पनि छिट्टै रिलिज हुने उनले बताए ।
विभिन्न गायक र गायिकाको आवाज रहेको यस एल्बममा सबै गीतको शब्द रचना भने बिटु केसीको नै रहेको छ । केसीको पहिलो गीत र म्युजिक भिडियो:
तिमीले बोले मात्र पुग्छ यो मनलाई 
तिमीलाई देखे मात्र यो मनमा फूल फुल्छ 
तिमी भित्र पाउँदा आफैलाई 
अग्लिएर हिमाल छोऐं 
पग्लिएर पानी पानी भएँ

 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com