काठमाण्डाै,मंसिर ८ गते । चिनिया राजदुत हाेउ यान्छीकाे राजनीतिक दाैडधुप अझै सकिएकाे छैन।राष्ट्रपति विधादेवी भण्डारीकाे अनुराेधमा अचानक सक्रिय भएकी राजदुत यान्छी गत साता प्रधानमन्त्री अेालीलाइ भेटेकी थिइन।उनकै दवावले अेाली सचिवालयकाे वैठकमा भाग लिन पुगेका थिए।यहि सन्दर्भमा साेमवार राजदुत यान्छीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ भेटेकी छिन । उनी साेमवार खुमलटार पुगेर पार्टी एकता भन्दा पर नजान दवाव दिएकी छिन। मंसिर १३ गते नेकपा सचिवालय वैठक वस्ने तयारी भइरहदा राजदुत यान्छीले भेटेर एकता कायम राख्न दवाव दिन थालेकी छिन।नेकपामा राजदुत यान्छीकाे सक्रियताले फुटलाइ जाेगाएकाे याे तेस्राे पटक हाे।यसअघि पनि नेकपा विवाद उत्कर्षमा पुग्दा राजदुत यान्छी यसैगरि सक्रिय भएकी थिइन।