बन्धु पोख्रेल
संघर्ष गरेर के भो,
जेल परेर के भो,
सत्ताको दुरुपयोग आफैं गरेसी,
प्रजातन्त्र ल्याएर के भो ?
भूमीगत भएर के भो,
मान्छे मारेर के भो,
लुटको नेतृत्व आफैं गरेसी,
गणतन्त्र ल्याएर के भो ?
सपना बाँडेर के भो,
भाषण छाँटेर के भो,
संस्थागत भ्रष्टाचारको जग हालेसी,
जनवाद रटेर के भो ?
सिमा रोकेर के भो,
मानव मूल्य तोकेर के भो,
सत्ताको लागि साष्टांग ढलेसी,
अधिकार खोकेर के भो ?