दीपक मनाङेलाई २५ हजार जरिवाना

दीपक मनाङेलाई २५ हजार जरिवाना


ग्लोब नेपाल
54
Shares

काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई २५ हजार जरिवाना तिराउने भएको छ ।

चुनावमा जाँदा १५ लाखले रक्सी पनि खुवाउन पुग्दैन भनेर अभिव्यक्ति दिएपछि मनाङेलाई आयोगले जरिवाना तिराउने निर्णय गरेको आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले बताए ।

मनोनयन दर्ताको समयमा यस्तो अभिव्यक्ति दिएपछि आयोगले मनाङेलाई कात्तिक १४ गते स्पष्टीकरण सोधेको थियो ।

मंसिर ४ को निर्वाचनमा मनाङ प्रदेश सभा ‘ख’ बाट निर्विरोध निर्वाचित भइसकेका छन् । यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।