देउवाको उम्मेदवारीविरुद्ध उजुरी, आयोगले मंगलबारसम्म निर्णय गर्ने

देउवाको उम्मेदवारीविरुद्ध उजुरी, आयोगले मंगलबारसम्म निर्णय गर्ने


ग्लोब नेपाल
2.3k
Shares

काठमाडौं । डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मे दवारी दिएका नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध उजुरी परेको छ।

नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति तथा डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका कर्णबहादुर मल्लले देउवाको उम्मेदवारीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्। मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको हो ।

देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति फेला परेकाले उम्मेदवारी रद्द हुनुपर्ने भन्दै उजुरी दिएको मल्लले बताए। डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ छ । मतदाता नामावलीमा भने उनको जन्म मिति ३१ जेठ २००२ लेखिएको छ ।

जन्ममिति फरक परेको भन्दै देउवाका प्रतिस्पर्धी कर्ण मल्लले निर्वाचन आयोगमा उजुरी दिएका हुन् । उजुरीमा उनले देउवाको उम्मेदवारी खारेजीको माग गरेका छन् ।

डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाको उम्मेदवारी विरुद्ध उजुरी परेको पुष्टि गरे । देउवा विरुद्ध परेको उजुरीमाथि भोलिसम्म निर्णय हुने उनले बताए । उनले भने, ‘उजुरीमाथि छानबिन गर्न भोलिसम्म समय छ । भोलिसम्म हामी निर्णय गर्छौ ।’

उम्मेदवार विरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानूनी व्यवस्था छ ।