काठमाण्डाैं,मंसिर ७ गते । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र प्रधानमन्त्री केपी अेालीविच गाेप्य भेट भएकाे छ।गएराती ३ घण्टासम्म वालुवाटार भेट भएकाे थियाे।विपक्षी दल कांग्रेससंग भएकाे भेटले नयाँ तरंग ल्याएकाे छ।
सत्तारूढ दल नेकपाकाे किचलाे उग्र तहमा पुगेर याे दल नै फुटछ कि भनेर चर्चा चलिरहेकाे बेलामा देउवा अेाली भेटकाे ठुलाे राजनीतिक अर्थ रहेकाे वताइएकाे छ।तीन घण्टासम्मकाे भेटमा प्रधानमन्त्री अेालीले पार्टी भित्रकाे विवादकाे वारेमा वताउँदै सरकारमा सामेल हुन प्रस्ताव गरेका थिए।उनले देउवालाइ राेजेकाे मन्त्रालय दिने प्रस्ताव गरेका थिए।तर,यहि सरकार र सत्तारूढ दल एक हुदै याे काम भने सम्भव छैन।
सभापति देउवासंगकाे सम्वादमा प्रधानमन्त्री अेालीले पार्टी फुटकाे संकेत पनि गरेका छन।याे भेटमा देउवासंग कांग्रेसका अर्का नेता रमेश लेखक पनि थिए।यता,प्रधानमन्त्री अेालीसंग अर्का नेता सुवास नेम्वाङ पनि थिए।
सत्ता संघर्ष तिव्र भएकाे बेलामा देउवालाइ भेटेर अेालीले पार्टीकै अन्य नेताहरूलाइ मनाेवैज्ञानिक दवाव दिन खाेजेका हुन वा वास्तवमै पार्टी फुटने संकेत गरेका हुन ? याे भने अझै प्रष्ट छैन।