देश र गोविन्द केसी

Globe Nepal
Globe Nepal 2018-01-09

प्रियरंजन दाहाल

कोही दुशासन जस्तो छाती ठोकेर देश नंग्याउछन् 
कोही भीष्म जस्तो देखिएर मुख मिठ्याउछन् 
दुर्योधन हुन् वा द्रोण यी सबले नंग्याउने हुन् 
नग्नता हेर्न मुख छोप्ने तर आँखा बंग्याउने हुन्

राम हुन् या हनुमान सीताले भाग्नुपर्ने छ यहाँ  
सतित्व बचाउन हरे शिव ,रावणबाट सारी माग्नु पर्नेछ यहाँ  
बनमा आफैं लाने फेरि कैले आगोमा झोस्ने कैले माटो खनेर धर्तीभित्र कोच्ने 
सतित्वको नाममा तिनलाई थिलथिलो बनाउने हुन् 
सीतालाई बन पठाएर राज्याभिषेक मनाउने हुन्

शकुन्तलाको शरीरलाई आफ्नो बनाएर बारम्बार भोग्नेहरु 
जंगलमा गर्भवती बनाएर सबैकुरा बिर्सिने दुश्यन्त जस्ता लोग्नेहरू 
प्रेमको नाममा सतित्व लुट्नेहरु हुन् 
आफ्नो सुखको लागि जोसुकै संग सुत्नेहरु हुन् ||

यी सबको नाममा रामायण र महाभारत लेख्नेहरु 
लुटेराहरुको निर्लज्जतामा सचरित्र देख्ने हरु 
देश आमा भए तिम्री आमा बलात्कारमा परेकी छिन्  
राम ,रावण सबैको यातनाले लगभग मरेकी छिन्छ 

तिम्रा भगवानहरु बलात्कारी निस्किए, दागबत्ती बनाऊ
इमान्दारिता देखाउ ,तिनको मुखमा आगो लगाउ 
एउटा नयाँ युगको शुरुवातको संकल्प देखाउ

हो अब टुलुटुलु हेर्ने पाण्डव हैन चीर हरणमा 
द्रौपदी बचाउने त्यो कृष्ण त्यो गोविन्द जन्माउ 
तिम्रो देश बचाउदा मर्ने गोबिन्दहरुको लास उठाउने हात हैन 
तिनको शब्दमा आवाज थप्ने ,दरिलो साथ बनेर आउ ||


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com