नेकपा विवाद झन गहिरियाे,भनाभन र वाझावाझले वैठक तनावपुर्ण वन्याे

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,मंसिर १६ गते । नेकपा विवाद झन गहिरिएकाे छ।पार्टीका दुइ अध्यक्ष केपी अेाली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेकाे राजनीतिक प्रस्तावलाइ जारी राख्ने कि स्थगीत गर्ने भन्ने टुंगाे नै नलागेकाे बेलामा वसेकाे सचिवालयकाे वैठकमा मंगलवार नेताहरू विच वाझावाझ भएकाे हाे । पार्टी कार्यालय धुम्वाराहीमा सुरक्षा थ्रेट छ भन्दै अन्तिम समयमा वालुवाटारमा नै वैठक राखेका अेालीले वैठककाे सुरूवातमा नै प्रचण्डकाे प्रस्ताव गलत भएकाे भन्दै फिर्ता लिन भनेका थिए।वैठककाे सुरूवातमा नै अेाली केही रिसाएका थिए।उनले प्रचण्डकाे प्रस्ताव फिर्ता लिनुपर्ने,उनले माफी माग्नुपर्ने पुरानै अडान दाेहाेरयाएका थिए। यसकाे अध्यक्ष दाहालले प्रतिवाद गरे।उनले सुरूमा अाफुले लेखेकाे स्मरण पत्रकाे जवाफ अेालीले दिएकाेले यसकाे प्रत्युत्तर १९ पेजकाे दिएकाे वताए। उनले अेालीकाे जवाफकाे लिखित र वुदागत जवाफ दिने भनेपनि मंगलवारकाे वैठकमा पेश गरेनन । तर,वैठकमा अध्यक्ष दाहाल भन्दा पनि नेताहरू माधव नेपाल र झलनाथ खनाल कडा रूपमा प्रस्तुत भएकाे थिए।उनीहरूले वैठकमा बाेल्नै नपाइने ? प्रस्ताव पेश गरेपछि पार्टीकाे सम्पत्ति हुन्छ भन्दै यसमा वहश हुनुपर्ने वताएका थिए।साे वैठकमा नेता नेपालले अध्यक्ष अेालीलाइ चेतावनी कै शैलीमा-पार्टी विवाद हुदा पुर्वएमाले एकातिर हुन्छ भन्ने भ्रममा पर्नु भएकाे छ भने यसबाट मुक्त हुनुस भनेका थिए।उनले अझ कडा शब्दमा पार्टीमा बा भनेर अेालीलाइ सम्वाेधन गर्नेहरूले विथार्न थालेकाे समेत प्रष्टै वताए। वैठक सुरू हुने वेलामा महासचिव विष्णु पाैडेलकाे जन्म दिन भनेर केक काटेर अेालीले खुवाएका थिए।गुलियाे खाएर वैठक सुरू गरिएपनि यसपछिकाे माहाैल भने निकै गर्मिलाे भएकाे थियाे। नेकपाकाे मंगलवारकाे वैठकमा यस खालका वैठक निरन्तर राख्ने कि यसलाइ स्थगीत गर्ने भन्ने पनि चर्चा चलेकाे थियाे।खासगरि अेालीपक्षधर नेताहरूले यसलाइ स्थगीत गर्न काेशिश गरेका थिए।तर,नेता नेपालले दुइ अध्यक्ष र महासचिव मिलेर वैठक राेकेपनि राेकिन्न भन्दै कडा रूपमा प्रतिवाद गरेका थिए।यसपछि वैठक वुधवार एक बजेसम्मकाे लागि स्थगीत गरिएकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com