पुर्वराजाले भने-भष्मासुर प्रवृत्ति वढयाे,जनताले मुक्ति खाेजिसके

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,कार्तिक ६ गते । पुर्वराजा ज्ञानेन्द्र शाहले सरकारमा भष्मासुर प्रवृत्ति रहेकाे जनाएका छन।वडा दशैंकाे संघारमा शुभकामना दिदै उनले जारी गरेकाे वक्त्ब्यमा अहिले सवैतिर बढेकाे अशुरी र भष्मासुर प्रवृत्तिकाे मुक्ति खाेजेकाे उल्लेख गरेका छन।

उनले भनेका छन-समाजमा अनेक आपराधिक गतिविधि र पिसाच प्रवृत्ति बढ्दो छ, यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ, आज सबैले बढ्दो आशुरी र भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन्।

पुर्वराजाले जारी गरेकाे वक्तयब्यमा जनताले अभिभावक नभएर टुहुराेकाे अनुभव गर्नुपरेकाे पनि उल्लेख गरेका छन।उनले भनेका छन-संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध यतिबेला हुँदैछ।आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ, जनतालाई बचाउन सकेमात्र राज्य बच्ने र राज्य रहेमात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनुपर्छ।देश, समाज र परिवारको मोह ममताले आएकाहरू पनि फेरि कामका लागि विदेशतिरै लर्को लागेको मार्मिक अवस्था देखिन्छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com