काठमाण्डाैं,मंसिर ८ गते । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ भेटेर पुर्वमाअेावादि खेमाका नेताले पार्टीकाे पछिल्लाे घटना क्रमकाे वारेमा गम्भीर कुरा गरेका छन।पुर्वमाअेावादि खेमाका नेता हरिवाेल गजुरेल र टाेपवहादुर रायमाझीले खुसुक्क अध्यक्ष दाहाललाइ भेटेका थिए।उनीहरूले पार्टी फुटाउने तर्फ कुनै कदम नचाल्न अध्यक्ष दाहाललाइ दवाव दिएका थिए।साेमवार विहानै खुमलटार पुगेका यी दुइ नेताले एकतालाइ कायम राख्न दवाव दिएका थिए।केपी अेालीकाे यसअघिकाे कार्यकालकाे सरकारमा मन्त्री भएका रायमाझी यसपटक पनि मन्त्री हुने काेशिशमा छन । अेालीकाे ९ महिने सरकार ढलेदेखि नै प्रचण्ड संग रिसाएका रायमाझीले साेमवार भने एकतालाइ बल गर्न दवाव दिएका हुन।उनीहरू खुमलटार त्यतिवेला पुगेका थिए-जतिवेला चिनिया राजदुत अध्यक्ष दाहाललाइ भेटन खुमलटार पुग्नै लागेकी थिइन।
रायमाझी माअेावादी समुहमा पनि वावुराम भटटराइका खास मानिस थिए तर वावुरामले नेकपा छाडदा उनी गएनन वरू प्रचण्डसंगै वसे। यता हरिवाेल गजुरेल पछिल्लाे समय प्रचण्ड निकट नेता भएर चिनिएका थिए तर पार्टी एकता भएपछि कुनै पद नपाएका गजुरेल प्रचण्डसंग असन्तुष्ट छन । उनी विधि र प्रक्रियाकाे कुरा गरिरहेका छन,जसकाे सुनुवाइ पार्टीमा भएकाे छैन।
यी दुवै नेता पछिल्लाे समयमा प्रचण्ड गुट त्यागेर अेालीतिर लागेकाे चर्चा चलेकाे छ।
प्रचण्डलाइ भेटे लगत्तै उनीहरूले काेटेश्वर पुगेर माधव नेपाललाइ पनि पार्टी एकता जाेगाउन भुमिका खेल्न दवाव दिएका थिए।