प्रचण्ड वामदेवकाे घरमै पुगे,भैंसेपाटी डबल तनावमा !

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,साउन २० गते । नेकपा अध्यक्ष पुष्पकमल दााहल प्रचण्ड पार्टीका असन्तुष्ट नेता वामदेव गाैतमकाे निवास मै पुगेपछि नयाँ तरंग छाएकाे छ।वालुवाटारमा प्रधानमन्त्रि केपी अेालीलाइ भेटन भनेर निस्कन ठिक्क परेका वामदेव त्यतिवेला राेकिए जब अध्यक्ष प्रचण्ड स्वयम उनकाे घरमा पुगे। यसपछि उनीहरू लामाे समय कुरा गरेर बसे जसले गर्दा गाैतम वालुवाटार जान पाएनन।

एजेण्डाकाे हिसावले प्रचण्ड संग निकट रहेका गाैतम गत साता देखि प्रधानमन्त्री अेाली निकट देखिएका छन।उनले सहमतिकाे लागि भन्दै ६ वुदे प्रस्ताव सार्वजनिक गरेका छन।उनले याे प्रस्ताव सार्वजनिक गरेपछि प्रचण्ड निवास खुमलटार जान छाडेका छन । उनले ६ वुदे प्रस्तावमा अेालीलाइ प्रधानमन्त्री र अध्यक्ष वाँकी अवधि पनि दिने भनेका छन। तर दाेस्राे बुदामा भने अध्यक्ष प्रचण्डलाइ कार्यकारी अध्यक्ष दिएर पार्टी सञ्चालनकाे सम्पुर्ण कार्यभार र जिम्मेवारी दिने प्रस्ताव गरेका छन।उनले यसरी जारी गरेकाे ६ वुदे प्रस्ताव भने दुवै अध्यक्षले स्विकार गरेका छैनन।स्वयम केपी अेालीले पनि दुइ नम्वर वुदाकाे सम्पुर्ण अधिकार दिने प्रस्ताव फिर्ता लिन वामदेवलाइ भनेका छन।यता अध्यक्ष प्रचण्ड भने कार्यकारी अध्यक्ष त अहिले पनि रहेकाे जिकिर गर्दै वामदेवकाे प्रस्तावले कुनै भुमिका नखेल्ने वताउँदै अाएका छन।

तर गत साता स्थायी समिति वैठक स्थगीत गरेर अध्यक्ष अेाली वामदेवकाे घरमा खाना खान गएपछि निकै हंगामा भयाे र यसैदिन देखि उनी अेालीकाे लाइनमा उभिएका छन।यसलाइ ताेडन गाैतम निवासमा प्रचण्ड पुगेका हुन।

 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com