मन्त्रीसरह सुविधा पाउनेगरि डा.युवराज खतिवडा प्रधानमन्त्रीकाे सल्लाहकार नियुक्त

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,भदाै ३० गते । भदाै २१ गते अर्थमन्त्रीबाट हटेका डा.युवराज खतिवडा प्रधानमन्त्री केपी अेालीकाे सल्लाहकारमा नियुक्त भएका छन।उनलाइ मंगलवार मन्त्री सरहकाे सुविधा पाउने गरि सल्लाहकार नियुक्त गरिएकाे हाे । उनले मन्त्राल्य छाडेपछि अर्थकाे जिम्मेवारी पनि प्रधानमन्त्रीले नै लिइरहेका छन।तर,पार्टी भित्रकै दवावकाे कारण अर्थमन्त्रीलाइ हटाउन वाध्य भएका प्रधानमन्त्री अेालीले उनलाइ सल्लाहकार नियुक्त गरेर डा.खतिवडा प्रतिकाे माेह प्रदर्शन गरेका छन।मन्त्रीबाट हटेलगत्तै पनि ब्यावसायीसंग भएकाे वैठककाे सम्पुर्ण तारतम्य पनि उने खतिवडाले मिलाएका थिए।तर नेकपा भित्रका नेताहरूले भने उनलाइ उति रूचाएनन र उनी अमेरिकी लविकाे भन्दै विराेध गरिरहेका छन तर प्रधानमन्त्रीले यसरी काखी च्यापेर अर्थमन्त्रीमा अर्काे कुनै पात्र तत्काल नल्याउने संकेत दिएका छन।भर्खर राष्ट्रियसभामा पुगेका वामदेग गाैतमले अर्थमन्त्री हुने सपना देखेका थिए।

डा.खतिवडा यसअघि राष्ट्र वैंककाे गभर्नर,याेजना अायाेगकाे उपाध्यक्ष भइसकेका मानिस हुन।उनलाइ अमेरिकाकाे राजदुत वनाउने चर्चा पनि चलेकाे थियाे।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com