काठमाण्डाैं,मंसिर १० गते । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले वीरगञ्जमा पुगेर नेकपा विवादकाे समाधानकाे सुत्र सार्वजनिक गरेका छन।मंसिर १३ गते पार्टीकाे सचिवालय वैठक वस्ने तयारी भइरहेकाे बेलामा पर्साकाे वीरगञ्ज पुगेका नेता नेपालले पार्टीको विधान, नीति तथा सिद्धान्तलाई आत्मसात गर्दै अगडि बढे पार्टीकाे विधान समाधान हुने वताए।उनले प्रधानमन्त्री अेालीले विधा मिचेर हिडेकाे अप्रत्यक्ष अभियाेग लगाए।
नेपाल निजामती कर्मचारी सङ्गठन पर्साको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै नेता नेपालले जनताको माझ स्थापित नेकपालाई कसैले चाहँदैमा कमजोर गर्न नसक्ने बताए ।
नेकपा सचिवालय वैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अलग दस्तावेज पेश गरेपछि वढेकाे विवादलाइ प्रतिवाद गर्न अर्काे प्रतिवेदन लेख्ने तयारी प्रधानमन्त्री केपी अेालीले गरिरहेका छन।उनले यसकाे लागि दस दिनकाे समय माग गरेकाेले यतिवेला नेकपा सचिवालय वैठक स्थगीत भएकाे छ।मध्यमस्तरका नेताहरू भने शीर्ष नेताहरूलाइ नै दवाव दिदै पार्टी नफुटाउन तथा अलग अलग प्रतिवेदनकाे बदलामा संयुक्त प्रतिवेदन तयार पारेर पार्टीमा एकताकाे भावना कायम राख्न दवाव दिन थालेका छन।सहमतिकाे लागि दिइएकाे यहि दवावकाे विचमा नेता नेपालले यस्ताे सुत्र वताएका हुन।