सञ्चार माध्यामले मान्छे भडकाए -प्रधानमन्त्री

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,साउन २० गते । प्रधानमन्त्री केपी अेालीले नेकपा नै जिम्मेवारीहिन काम गर्न थालेकाे भनेर दुखेसाे पाेखेका छन।उनले वालुवाटारमा काेराेना संक्रमण बढदै गएपछि के गर्ने भनेर विपक्षी दल सहित विज्ञहरूसंग गरेकाे छलफलमा अाफनै दल नेकपा नै गैरजिम्मेवार भइरहेकेा बताएका छन।उनले भने-अन्त के खाेज्नु मेरै पार्टी नेकपामा पनि उत्तेजक र गैरजिम्मेवार काम हुन थालेकाे छ।२५ जना भन्दा बढी भेला नहुनु भनेकाे छ,अनि ४५० जनाकाे केन्द्रिय कमिटी वैठक अहिले चाहियाे,भरै चाहियाे भन्दैछन।यति मात्र हाे र ? स्थायी कमिटी  वैठक पनि भर्खर चाहियाे भन्छन। प्रधानमन्त्री केपी अेाली यति भनेर मात्र राेकिएनन।उनले पार्टी नै गैरजिम्मेवार हुन थालेकाे पनि बताए।नेकपामा १५२ जना केन्द्रिय सदस्यले केन्द्रिय कमिटीकाे वैठक माग गर्दै हस्ताक्षर बुझाएका छन।यसरी हस्ताक्षर बुझाउनेमा प्रचण्ड र माधव नेपाल समुहका नेताहरू छन।उनी पार्टीकाे विवाद मिलाउनकाे सट्टा स्थायी समितिकाे वैठक टारेर हिडेका छन।

उनले मंगलवार वालुवाटारमा केवल पार्टीका नेतालाइ मात्र टिप्पणी गरेनन,सञ्चार माध्याम प्रति पनि राेष प्रकट गरे।उनले भने-काेराेना बढेकाे छ तर यसकाे वेवास्ता सञ्चार माध्यामले पनि गरेका छन।भिड जम्मा गरेकाे छ।सरकारलाइ जे मन लाग्याे त्यही भनेकाे छ।लकडाउन लगाए पनि किन लगायाे भनेकाे छ।खाेले पनि किन खाेल्याे भनेका छ।यस्ताे पनि हुन्छ ? सञ्चार माध्यामले वातावरण भडकाउने मात्र गरे।यसरी मान्छे भडकाउन हुदैन।

उनले यसरी मान्छे उचाल्ने र भडकाउने काम नगर्न पनि भनेका छन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com