किशोर नेपालसँग बाल्टिमोरमा अन्तरक्रिया
साहित्यिक कृति अनुवाद गर्न अनुरोध

Globe Nepal
Globe Nepal 2017-10-29

मेरिल्याण्ड,अक्टोवर २९ नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर नेपालले अमेरिकामा विकसित हुँदै गरेको अर्को पुस्ताको लागि भाषा,संस्कृति र रितिरिवाजको विषयमा समेत जानकारी दिनेखालको प्रकाशन आवश्यक रहेको वताउनुभएको छ । आईतवार अन्तरराष्ट्रिय नेपाली साहित्य समाज मेरिल्याण्ड च्याप्टरले वरिष्ठ पत्रकार एवं विश्लेषक नेपालसँग आयोजना गरेको संवाद कार्यक्रममा विश्लेषक नेपालले डायस्पोरामा रहेका नेपालीहरुले आफनो ज्ञान,सीपको रुपान्तरण गर्न विशेष ध्यान दिनुपर्ने भन्नुहुँदै भावी सन्ततिको लागि समेत नेपालसँगको साईनो दिगो वनाउने विषयमा सोच्न आग्रह गर्नु भयो । 


नेपालको भनाई थियो – भावी पिढीको लागि नेपालको वारेमा जानकारी दिने विविध विषयमा विश्वव्यापी मान्यतामा रहेको अंग्रेजी भाषामा लेखिएको कृति अव आवश्यक भैसकेको छ । 
कार्यक्रममा अनेसासका वोर्ड अफ ट्रष्टिका अध्यक्ष डा.श्याम कार्कीले भाषा र साहित्यको जगेर्ना गर्न अनेसासले नेपाली भाषाको कक्षा सञ्चालन गरेको भन्नुहँुदै वार्षिक रुपमा पुरस्कार र प्रकाशन गर्दे आएको जानकारी दिनु भयो । कार्कीले मेरिल्याण्डमा भावी पिढीको लागि नेपाली भाषा कक्षाको सञ्चालन गरिएको वताउनुभयो । 

अमेरिकाको राजनीतिमा सक्रिया मेरिल्याण्ड निवासी एचवि भण्डारीले नेपालको वारेमा अमेरिकी विश्वविद्यालयमा खोजी नीति गर्दा धेरै विषयमा अन्यौल भएको भन्नुहुँदै अव महत्वपूर्ण दस्तावेजहरु अनुवाद गर्न ढिलो गर्न नहुने वताउनु भयो । हयारीले अगाडि भन्नुभयो – नेपाली भाषामा प्रकाशित विविध क्षेत्रको विषयवस्तु समावेश गरिएको कृतिलाई अमेरिकाको लाईव्रेरी सम्म पहुँच परयाउनु पनि अनुवाद गरिएको कृति आवश्यक रहेको छ । 
एनआरएन मेरिल्याण्ड च्याप्टरका अध्यक्ष दुर्गा श्रेष्ठले नेपाली डायस्पोराले मातृभूमिको सामाजिक, आर्थिक रुपान्तरणको लागि सहयोगी भूमिका खेलेको भन्नुहुँदै भाषा र संस्कृति जगेर्नामा पनि हातेमालो गर्न तयार रहेको वताउनुभयो । 
नेजाका पूर्व अध्यक्ष गौतम दाहालले भाषा र साहित्य पत्रकारिताको अभिन्न पाटो भएकाले प्रवासमा रहेका पत्रकारहरुले नेपाली भाषाको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको वताउनुभयो । 
कार्यक्रममा मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक डा. भीम कट्टेल, डा.उत्तम गौली,डा.कृष्ण विष्ट,पत्रकार तरुण पौडेल,मधुकर अधिकारी लगायतले आफनो धारणा राख्नुभएको थियो । अनेसासका सभापति भरत वराईलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अनेसासका वोर्ड अफ ट्रष्टि तीर्थ पाण्डेयले स्वागत मन्तव्य राख्नु भएको थियो ।




















Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com