अमेरिकन आइडलमा पहिलो नेपाली,दिवेश बने उप विजेता

Globe Nepal
Globe Nepal 4 महिना अगाडी

बाल्टिमोर,अमेरिका,मे १७। नेपाली मूलका २१ वर्षीय दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उप विजेता बनेका छन्। आज भएको अमेरिकी गायन रियालिटी शो (आइडल) को अन्तिम प्रस्तुतीमा दिवेश उप विजेता बनेका हुन्। यो चर्चित शो र गायक बन्ने अवसरको प्रष्फुटन हुने प्रस्तुतीमा निरन्तर अघि बढ्दै उपविजेता बन्ने दिवेश पहिलो नेपाली हुन्। अन्तिम चरणमा आज सात जना प्रतिष्पर्धी सहभागी थिए । जस मध्ये पाँच जना पहिलो चरणमा बाहिरिएका थिए भने अन्तिम चरणमा दिवेश र जष्ट शाम नामकी अश्वेत मूलकी गायिकाबीच उपाधिका लागि प्रतिष्पर्धा भएको थियो। यसका लागि दर्शक एवं शुभचिन्तकहरुले भोट दिन पाउने व्यवस्था गरिएको थियो र बढी भोट पाउने विजेता बन्ने महत्वपूर्ण आधार हुने व्यवस्था थियो। यही चरणमा दिवेशले निर्णायक बढी भोट ल्याउन नसकेतापनि दिवेश  सबैको वाहवाही पाउँदै उपविजेता बन्न सफल भए। 
१८ औं संस्करणको अमेरिकन आइडलको उपविजेता बन्न सफल दिवेश सन् २०१४ मा अमेरिका आएका हुन्।  यी युवा आफ्ना अभिभावकका साथ विस्कनसिन राज्यमा बस्दै आएका छन्। उप विजेतासंगै दिवेश अर्थात् आर्थर गनले सम्भावनाको अर्को चरणमा नेपाली पहिचानलाई उँचो  बनाएका छन्। कोरोना संक्रमणका कारण प्रतिष्पर्धी सबैले घरबाट नै आ आफ्नो प्रस्तुती दिएका थिए। अन्तिम प्रतिष्पर्धामा दिवेशले आफ्नो घरको भुँइतल्ला(बेस्मेन्ट) बाट गाएको यो गीत:


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com