अमेरिकामा पहिलोपटक विवाहपञ्चमी महोत्सव सम्पन्न
पहिलो मिथिला समुदाय र संस्कृति केन्द्रको स्थापना

Globe Nepal
Globe Nepal 29 दिन अगाडी

न्यूयोर्क,अमेरिका डिसेम्वर २२। अमेरिकामा पहिलोपटक ऐतिहासिक विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । भगवान राम र सीताको विवाहको स्मरणमा विवाहपञ्चमी जनकपुरधाममा विशेष रुपले मनाइएपनि अमेरिकामा चाहिं यसरी पहिलो पटक विवाहपञ्चमी मनाइएको हो। यो महोत्सव मिथिला सेन्टर अमेरिकाले आयोजना गरेको थियो। 
हजारौं वर्ष अघि आयोजित भगवान राम र देवी सीताको विवाह समारोहको स्मरणमा मनाइने विवाहपञ्चमी उत्सवले जीवनमा धेरै कठिनाइ भोग्नु परे पनि अटल मानव बन्धनको प्रतीक रहेको भन्दै उत्सव मनाइएको हो । महोत्सवले जाति, धर्म, रंग, लिङ्गको पर्वाह नगरी मानवता, समानता र एक अर्कालाई सम्मानका आधारमा समाजमा परिवार र सम्बन्धको यस्तो मूल्य बढाएको आयोजकको भनाई छ ।
यस विवाह पञ्चमी महोत्सव अमेरिका कार्यक्रममा जनकपुरधामको ऐतिहासिक जानकी मन्दिरमा आयोजित विवाहपञ्चमी समारोहको प्रत्यक्ष प्रसारण, सार्वजनिक स्वास्थ्य सुरक्षा र सामाजिक दूरीका लागि एनवाइसीले दिईएको दिशा निर्देशन अनुरुप हिन्दू केन्द्र मन्दिरमा प्रार्थना समारोह समावेश गरिएको थियो । नेपाल, भारत र संयुक्त राज्य अमेरिकाका प्रतिनिधि एवम् समाजका प्रतिष्ठित महानुभावहरुको अनलाइन मार्फत उपस्थिति र सम्वोधन एवम् शुभकामना आदान प्रदान गरेपछि नेपाल, भारत र अमेरिका कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
युएनका पूर्व वरिष्ठ अधिकारी नवल यादवले सञ्चालन गरेको यस विशेष कार्यक्रममा संस्थापक एवम् आयोजक अमित साहले जनाए अनुसार युएसएमा पहिलो मिथिला सामुदायिक र सांस्कृतिक केन्द्रको स्थापनाकोलागि समेत काम अगाडी बढि सकेको र यस महत्वपूर्ण कार्य सम्पन्न गर्नकालागि नेपाल, भारत मुलुकका सामुदायिक व्यक्तित्वहरु  एवम् अमेरिका सरकारका प्रतिनिधिहरुले समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ।
आयोजकले सबै विशिष्ट अतिथि र वक्ताहरू, प्रदर्शनकर्ताहरू, स्वयंसेवकहरू, आयोजक टोलीका सदस्यहरू र सबै अन्य सरोकारवालाहरूलाई यस ऐतिहासिक कार्यक्रमलाई सफल बनाउन सहयोग र सहभागिताका लागि हार्दिक आभार व्यक्त गरेका छन् ।
विवाहपञ्चमी महोत्सव अमेरिकाका आयोजक एवम् मिथिला सेन्टर अमेरिकाका संस्थापक अध्यक्ष अमित शाहले भने–‘ हामी दृढ विश्वास गर्दछौं कि तपाईंको निरन्तर सहयोग र सहभागिताले हामीलाई मानवताको त्यस्तो सांस्कृतिक मूल्यमान्यतालाई प्रवर्धन गर्ने यस्ता कार्यक्रमको आयोजना गरि रहन प्रेरित गर्नुको साथै विश्वका लाखौँ मानिसहरुलाई उनीहरुको संस्कृति, सम्पदा र परम्पराको प्रवर्द्धन र संरक्षण गर्न प्रोत्साहित गर्नेछ ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com