अमेरिकी संसदमा गाेली हानाहान,दंगा भडकिएपछि वासिङटनमा कफर्यु लाग्याे

Globe Nepal
Globe Nepal 14 दिन अगाडी

काठमाण्डाैं,पुष २३ गते ।अमेरिकी संसद क्यापिटल हिलमा हिंशा मच्चिएकाे छ। राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे उक्साहटमा संसद भवनमा उनका समर्राथक छिरेर कुटपिटमा उत्रिएका हुन। राष्ट्रपति पदमा जाे वाइडन निर्वाचित भएकाे घाेषणा गर्ने तयारी भइरहदा याे हिंशा मच्चिएकाे हाे।विश्वकै शक्तिशाली देश अमेरिकामा मत परिणामलाइ लिएर भएकाे याे हिंशाले प्रजातन्त्रप्रेमी सवैलाइ पाठ सिकाएकाे छ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसा भड्काएपछि राजधानी वासिङ्गटन डिसीमा कर्फ्यु लगाइएको छ । ट्रम्पका समर्थकहरुले सडकमा निस्किएर हिंसात्मक प्रदर्शन गर्न थालेपछि कर्फ्यु लगाइएको हो ।

बुधबार ट्रम्प समर्थकले क्यापिट हिल्स भवनमा पसेर हिंसात्मक प्रदर्शन सुरु गरेका थिए । अमेरिकी कंग्रेसमा इलेक्टोरल कलेजको गणनालाई लिएर भएको बहस र विवाद हिंसामा बदलिएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अहिले क्यापिटल हिल्समा कडा सुरक्षा व्यवस्था गरिएको छ ।निर्वाचनमा पराजित भएका राष्ट्रपति ट्रम्पका समर्थकहरुले चुनाव रद्द हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप पनि सुरु भएपछि स्थिति बिग्रँदै गएको हो । नेसनल गार्डलाई पनि क्यापिटल हिल्स पठाइएको छ ।

प्रदर्शनमा बुधबार साँझ वासिङ्गटन डीसीमा एक महिलाको मृत्यु भएको छ । झडपमा घाइते भएको उनको अस्पतालमा मृत्यु भएको हो । क्यापिटल हिल्समा हिंसा मच्चाएको आरोपमा प्रहरीले अहिलेसम्म १३ जनालाई पक्राउ गरेको छ ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com