असार १५ काे रमाइलाे धान राेप्न काेट लगाएर गएका कृषि मन्त्री मेशिनले काम नगरेपछि यसै फर्किए

Globe Nepal
Globe Nepal 3 महिना अगाडी

काठमाण्डाैं,असार १५ गते । असार १५ गते अहिलेसम्मका कृषि मन्त्रीलाइ खासै फापेकाे छैन।३ बर्षअघि कृषि मन्त्री बनेका हरि पराजुली राेपाहारलाइ अंगालाे हाल्दा पद नै गुमाउन पुगे।त्यसपछि मन्त्री भएका हरिवाेल गजुरेल गमलामा धान राेपेपछि विवादमा परे।यसपालीका मार्क्सवादकाे उर्वर स्कुलमा हुर्किएका क्रान्तिकारी युवा नेता घनश्याम भुषाल पनि यहि लहरमा परेका छन।असार १४ गते नै विवादमा तानिएका उनी १५ गते त तमासे बने।उदयपुर जान हिंडेका मन्त्री भुषाल सिन्धुली पुगेपछि एउटा सभामा सम्वाेधन गर्न पुगे।उनले त्यहाँ अफ्रिकाबाट अाएकाे सलहलाइ अमेरिकी संगीतले लठयाउने अभिब्यक्ति दिए।असार १४ गते वाेलेपनि उनकाे वाेली काठमाण्डाैंमा असार १५ गते चर्चाकाे चुलीमा पुग्याे।तर,राेचक पक्ष के छ भने याे प्रसंग सेलाउन नपाउँदै उनी असार १५ गते उदयपुर पुगे धान राेपाइकाे लागि।परम्पारगत विधिबाट भन्दा मेशिनबाट धान राेप्ने उनकाे इच्छा थियाे।धान राेप्ने मेशिन पनि तयारी हालतमा राखियाे,मन्त्री गलामा खादा,इस्टकाेट र सर्ट अनि प्यान्ट लगाएर खेतमा पुगे।जब धान राेप्ने बेला भयाे तब घुँडासम्म प्यान्ट सारेर खेतमा गएका मन्त्री अचम्ममा परे।किनभने धान राेप्न लगिएकाे मेशिनले कामै गरेन।मेशिन स्टार्ट त भयाे तर यसले विउ भने राेपेन।यसपछि स्वयम मन्त्री के भयाे ? किन राेपेन ? भनेर जिज्ञासा राख्न थाले।किसान अलमलमा परे भने प्राविधिकले धान राेप्ने मेशिनमा हिलाे जम्मा भएकाेले राेपाइ हुन सकेन भनेर जवाफ फर्काए।प्राविधिकले अझ पानी बढी भएकाेले राेपेन पनि भने।यसपछि मन्त्रीले भने-हिलाे कम भएकाे ठाउँमा जाउँ न त ।तर,तुरून्तै कुन खेतमा मेशिन लैजाने ? बडा अलमल भयाे ।यसपछि निराश भएर मन्त्री यतिकै फर्किए।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com