काठमाण्डाैं,पुष २६ गते । राष्ट्रियसभालाइ सम्वाेधन गर्न पुगेका प्रधानमन्त्री केपी अेालीले डेढ घण्टा लामाे सम्वाेधन गरिसकेपछि अनाैठाे तर कडा अभियाेगकाे सामना गर्नु परेकाे छ।
जनता समाजवादी पार्टीकाे एक मात्र सदस्य प्रमिला कुमारीले रिसाउदै प्रधानमन्त्री अेालीलाइ प्रश्न गरिन-राजा महेन्द्रले गरेकाे कु र तपाले संसद विघटन गर्नुमा के फरक छ ? सभामा प्रधानमन्त्रीले वाेलिसकेपछि केही निश्चित सांसदलाइ वाेल्ने समय दिइएकाे थियाे।उनीहरूले प्रश्नकाे रूपमा भनाइ राख्न पाउथे।यहि क्रममा सांसद प्रमिला कुमारीले भर्खर मात्र संसद भंग गरेका अेालीलाइ यति कडा प्रश्न साेधेधी हुन।उनी जस्तै सांसदहरू जितेन्द्रनाराय देव,रमेशजंग रायमाछी,प्रकाश पन्थ,अनिता देवकाेटाले पनि प्रश्न गरेका थिए।तर,नेकपाकाे भने दुवै दलका सांसदले एउटा पनि प्रश्न गरेनन।वरू सभामा सवै मन्त्री उपस्थित भएका थिए।
सांसदकाे यति कडा प्रश्नले प्रधानमन्त्री केही विचलित भएका थिए।उनले-अव म तपाइहरूलाइ के भनाैं ? भनेर अकमकिए। एकछिन पनि उनले भने- तपाइहरूलाइ दलले जे भन्न सिकायाे त्यही भन्नुभयाे।मलाइ दया लागेकाे छ,याे देखेर। कठैवरा,याे पनि तुलना हुन्छ ? राजा महेन्द्रले कांग्रेसले गल्तीवश मानेकाे संविधानकाे मातहत रहेर कु गरेका थिए।याे त्याे हाेइन।तपाइहरूलाइ त सजिलाे छ,चुनावलडनु पर्दैन,तर,जसले लडनुपर्छ,त्याे यस्ता कुरामा अल्झिने हाेइन,चुनावकाे तयारीमा लाग्नुस।