अेालीले राेकेकाे स्थायी समिति वैठक प्रचण्डले चलाए,वालुवाटारमै वैठक राख्नुकाे कारण यस्ताे छ

Globe Nepal
Globe Nepal 4 महिना अगाडी

काठमाडौं,साउन १३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष केपी अेालीले एक तर्फि रूपमा राेकेकाे स्थायी समिति वैठक अर्काे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सम्पन्न भएको छ । साे वैठकमा अध्यक्ष अेाली मात्र हाेइन,उनी पक्षधर स्थायी समिति सदस्य समेत वैठकमा भाग लिएनन।आज दिउँसो बालुवाटारमा बसेको बैठकले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधि विपरित स्थायी समितिको बैठक स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको निश्कर्ष निकालेको छ ।

यस विषम् परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी अगामी बैठक सुचारु गर्नका लागि अध्यक्ष प्रचण्डलाई बैठकले जिम्मेवारी दिने निर्णय गरेको छ ।

आजको बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्दतिसम्मत ढंगले अगाडि बढाउन र वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिन योगदान पुर्याउनका निम्ति सबै पार्टीका नेता, कार्यकर्ता र सदस्यहरुलाई आ–आफ्ना ठाउँबाट भूमिका खेल्न आव्हान पनि गरेको छ ।

आजको बैठकको मिति र समय यसअघि बसेको स्थायी समिति बैठकले नै निर्णय गरेको थियो । बैठकमा २९ जना स्थायी समिति सदस्यहरु र २ जना आमन्त्रित सदस्यहरुको उपस्थिति रहेको थियो ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com