इटालीमा फेरि प्रतिवन्ध,क्रिसमसमा एक नगरबाट अर्काे ठाउँमा जान नपाइने

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,मंसिर १९ गते । इटालीमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै फेरि नयाँ प्रतिबन्धकाे घोषणा गरिएको छ । याे  प्रतिवन्ध पहिलेकाे जस्ताे  लकडाउन भने हाेइन । नयाँ बर्षसंगै क्रिसमस पनि नजिक अाइरहेकाेले यस्ताे बेलामा संक्रमण फैलन सक्छ भन्दै इटाली सरकारले मानिसकाे अेाहरदाेहरलाइ राेक्ने भएकाे छ । सरकारले डिसेम्वर २१ देखि जनवरी ६ सम्म इटालीमा घुमफिरमा प्रतिवन्ध गरिनेछ।

प्रधानमन्त्री गिसेपे कोन्टेले नयाँ बर्ष सहित क्रिसमसमा एक नगर वा क्षेत्रबाट अर्को नगर वा क्षेत्रमा जान प्रतिबन्ध लगाइने जानकारी दिएका छन । इटालीमा यो नयाँ व्यवस्था लागु भएपछि सुरक्षाकर्मीहरु पनि परिचालन गरिने भएकाे छ । प्रधानमन्त्री काेन्टेले भने-क्रिसमस विदा आउँदैछ, हामी एउटा संवेदनशील समयमा प्रवेश गर्दैछौँ, हामीले राम्रो ख्याल गरेनौं, लपर्वाही गर्यौँ भने महामारी झन फैलिन सक्छ।

उनले सवैलाइ संयमित रहन अपिल पनि गरेका छन। काेराेनाले इटालीमा यसअघि पहिलाे वेभमा पनि निकै ठुलाे असर गरेकाे थियाे।

 

 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com