एनआरएनमा कसको पल्ला भारी ?

Globe Nepal
Globe Nepal 2017-10-16

काठमाण्डौं, असोज ३०/विश्वभरि छरिएर रहेका करिव ७४ देशका नेपालीहरुको साझा संस्था गैरआवासीय संघको आठो विश्व सम्मेलनले आज नयाँ नेतृत्व चुन्दै छ । कूल ३९ पदको लागि हुने निर्वाचनमा केही पदमा सर्वसम्मत भईसकेको छ ।तर मुख्य पदहरु अध्यक्ष,उपाध्यक्ष,महासचिव देखि सह कोषाध्यक्ष सम्म कसकसको उमेदवारी परेको भन्ने विवरण केही घण्टामा सार्वजनिक गर्ने तयारीमा निर्वाचन समिति रहेको छ । तर निर्वाचन समितिको मनोनयन अगावै सामाजिक सञ्जालवाट र विभिन्न सञ्चारमाध्यमवाट उमेदवारी घोषणा गरिसकेका दर्जन भन्दा वढी उमेदवार आफनो पक्षमा मतदान गर्न विभिन्न तरिकाले लागि परेका छन् । यो पटकको निर्वाचनमा कसको पल्ला भारी छ भनेर आँकलन गर्न त्यति सहज छैंन । कूल १४५६ मतदाता –पछिल्लो रिपोर्ट अनुसार रहेको एनआरएनमा ४ सय सदस्य भएको यूरोप र २ सय सदस्य भएको अमेरिका क्षेत्रको मतले विशेष भूमिका खेल्ने संभावना रहेको छ । तर राजनीतिक र विभिन्न संस्थाहरुको व्लक मत आफूमा तान्न हरेक उमेदवार लागिपरेका छन् । यसैले अन्तिम सूची पछि कसले कत्तिको कसरत गरेर आफनो पक्षमा माहोल ल्याउँछन त्यसको आँकलन अहिले नै गर्नु हतारो हुनेछ । 


को को छन मैदानमा ?
एनआरएनको चौध वर्षको ईतिहासमा आफूलाई यसको नेतृत्वमा उपस्थित गराउन लागेका छन अध्यक्षका तीन दावेदार भवन भट्ट,जमुना गुरुङ्ग घले र टीवि कार्की । सन् २००३ मा एनआरएनको जन्म हुँदा यी तीन मध्ये भवनको मात्र नाम सुनिएको थियो । उनले एनआरएनलाई संस्थागत वनाउनका लागि आफनो तरिकाले निकै लागेका छन भने विगत लामो सयम देखि नेपालमा देखिने गरि अर्र्वेामा लगानी समेत गरेका छन् । जापानमा वस्दै आएका र जापानी नागरिक सँग समेत विवाह गरेका उनको सवल पक्ष भनेको निरन्तर संस्थामा लाग्नु नै हो । 
अर्को तर्फ एनआरएनको पहिलो महिला अध्यक्ष वन्न मैदानमा होमिएकी जमुनाको वारेमा उनको क्षमता र दक्षताको भन्दा पनि वढी चर्चा निवर्तमान हुनै लागेका अध्यक्ष शेष घलेको श्रीमतिको कारणले वढी आलोचना गरेका छन् । सामाजिक सञ्जालमा उनको विषयमा घले संघ वनाउने देखि हिजो नै किन उठिनन भन्ने तर्कको दलिल पेश गरिएको छ । 
उता टिवी कार्की भने सधै एनआरएनको उमेदवार वन्ने पात्रको रुपमा उभिएका छन । उनले अघिल्लो पटक पनि अध्यक्षमा उमेदवारी दिएका थिए । यसरी हेर्दा एनआरएनको अध्यक्षमा भट्टको दह्रो आधारशिला देखिन्छ । तर निर्वाचनमा अनेकन फयाक्टरले काम गर्ने भएकाले नतिजा कसको पक्षमा जान्छ भनेर आँकलन गर्न निकै गाह्रो छ । भट्टलाई पूर्व अध्यक्षहरु उपेन्द्र महतो देखि जीवा लामिछाने सम्मको समर्थन रहेको वताइएको छ । 
यसै वीच संस्थापक अध्यक्ष उपेन्द्र महतोले एनआरएनमा सर्वसम्मत नेतृत्व चयन गरिने जानकारी दिएका छन् । उनले भने हामीहरुको प्रयास सर्वसम्मत नेतृत्व चयन गर्ने नै हुनेछ , यदि त्यसो हुन सकेन भने निर्वाचनको प्रक्रियामा जाने छौं । उनले पराजित उमेदवारले निर्वाचन सकिए लगत्तै एनआरएनमा सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 


उपाध्यक्षमा धेरै उमेदवार कम मतले जित्ने संभावना 
एनआरएनको उपाध्यक्ष्यमा मैदानमा धेरै उमेदवार देखिएको छ । यस अगाडि अध्यक्षको लागि भनेर प्रचार गरेका कुमार पन्त पुन सोही पदमा उमेदवारी दिन तत्पर देखिएका छन् । उनलाई प्रतिस्पर्धा दिन अमेरिकाका कानून व्यवसायी खगेन्द्र जिसी मैदानमा देखिएका छन् । जिसी एनआरएन भित्र एक बौंद्धिक र शलिन व्यक्तित्वको रुपमा चिरपरिचित व्यक्तित्व छन् , एनआरएनका अमेरिका,वेलायत र अष्ट्रेलियाका लाई वढी चासो भएको विषय नागरिकताको निरन्तरताको विषयमा दख्खल राख्ने केही एनआरएन अभियन्ता मध्ये जिसी एक हुन् । यस अगाडि अमेरिकामा आफनो राम्रो छाडन सफल भईसकेका जिसीलाई एनआरएनका अभियन्ताहरुले पनि एक योग्य व्यक्तिको रुपमा लिएका छन् । 
यसैगरी उपाध्यक्षमा अमेरिकावाट सोनाम लामाले उमेदवारी दिने घोषणा गरेका छन् । उनी अहिले अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजकको रुपमा काम गर्दे आएको र घलेसँग निकट रहेर काम गरेकाले उनले आफूलाई सवल उमेदवारको रुपमा परिचय दिन चुक्ंदैंनन् । 
यसै गरी वेलायतमा वसोवास गर्दे आएका कूल आचार्य र यस अगाडि अमेरिकाको राष्ट्रिय समन्वय समितिमा गत महिना मात्र हार व्यहोरीकी रविना थापाले पनि आफूलाई उपाध्यक्षको रुपमा उभ्याएका छन् । उता महासचिवमा हालका महासचिव डा.बद्री केसीले उमेदवारी दिने घोषणा गरेका छन भने कोषाध्यक्षमा नाईजेरियामा वस्दै आएका हिक्मत थापाले उमेदवारी दिने घोषणा गरिसकेका छन् । 

यो पनि पढनु होस 

http://www.globenepal.com/article/%E0%A4%8F%E0%A4%A8%E0%A4%86%E0%A4%B0%E0%A4%8F%E0%A4%A8%E0%A4%95%E0%A5%8B-2

http://www.globenepal.com/article/%E0%A4%8F%E0%A4%A8%E0%A4%86%E0%A4%B0%E0%A4%8F%E0%A4%A8%E0%A4%95%E0%A5%8B-3

http://www.globenepal.com/article/%E0%A4%8F%E0%A4%A8%E0%A4%86%E0%A4%B0%E0%A4%8F%E0%A4%A8%E0%A4%95%E0%A5%8B-

%E0%A4%AD%E0%A5%8B%E0%A4%9F%E0%A4%B0%E0%A4%AE%E0%A4%BE


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com