एनआरएन अमेरिकामा सुनील साह विजयी
वरिष्ठ उपाध्यक्ष र महासचिवसहित साह समूहको बर्चश्व

Globe Nepal
Globe Nepal 2019-05-20

बाल्टिमोर,अमेरिका,मे २० । एनआरएन अमेरिकाको अध्यक्षमा सुनील साह भारी मतका साथ निर्वाचित भएका छन् । शनिवार र आइतवार सम्पन्न अनलाईन भोटिंग मार्फत साह आफ्ना प्रतिष्पर्धी अन्य दुई उम्मेदवारलाई भारी मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । साहले कूल तीन हजार ७ सय ११ मत ल्याएर विजय हासिल गरेको निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा उल्लेख छ । अध्यक्षका अर्का प्रत्यासी सूर्य लम्सालले एक हजार ७ सय ९७ मत ल्याए भने संजय थापाले एक हजार ५ सय ५४ मत ल्याए । साहले ल्याएको मत परिणाम लम्साल र थापाले ल्याएको कूल मतभन्दा पनि बढी छ । लम्साल र थापाको कूल मत जोड्दा ३ हजार ३ सय ५१ मात्र हुन्छ भने साह एक्लैले ३ हजार ७ सय ११ मत ल्याएका छन् ।

नेतृत्व तहका अन्य सबै पदाधिकारीमा साह समूहमा रहेका उम्मेदवारहरु विजयी भएका छन् । जस अनुसार वरिष्ठ उपाध्यक्षमा डाक्टर अर्जुन बन्जाडे,महासचिवमा पशुपति पाण्डे,उपाध्यक्षहरुमा बीआर लामा,कृष्णजीवी पन्थ,बुद्धि सुवेदी र सर्वज्ञ वाग्ले निर्वाचित भएका छन् । यसैगरी सचिवमा अमृत कट्टेल,कोषाध्यक्षमा बन्धु पोखरेल,सह कोषाध्यक्षमा सन्तोष विष्ट,महिला संयोजकमा दीक्षा बस्नेत र युवा संयोजकमा बिनोद रुवाली विजयी भएका छन् । 
बोर्ड अफ डाइरेक्टर्समा मिश्रित परिणाम 
१२ सदस्यीय बोर्ड सदस्यहरुमा चाहिं मिश्रित परिणाम आएको छ । जसमध्ये पनि साह समूहकै ६ जना उम्मेदवारहरु बिजयी भएका छन् । बाँकी ६ जनामा लम्साल र थापा समूहमा रहेका केही सदस्यले चुनाव जितेका छन् । विजयी बोर्ड सदस्यहरुमा सत्यनारायण चौधरी,चित्रा कार्की,धरम बिश्वकर्मा,दुर्गाप्रसाद श्रेष्ठ,छत्र गुरुङ,खिम भट्टराइ,अमर छन्त्याल,सीपी पौडेल,जीवनकुमार जोशी,पदमबहादुर ठकुराठी,बासुदेव अधिकारी र तिलक केसी रहेका छन् ।
आइसीसी सदस्यका बिजेताहरु:
६ जना आइसीसी सदस्यका लागि भएको निर्वाचनमा स्वराज खाती,तृष्णा शर्मा,जेदू पोखरेल,शिवराज पौडेल,शंकर खड्का र होमनाथ गौतम विजयी भएका छन् । 
सम्पूर्ण मत परिणाम हेर्नका लागि यहाँ क्लिक गर्नुहोला 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com