एनआरएन नेतृत्वकर्ताहरु बाल्टिमोरमा भेला हुँदै
एनसीसीको प्रत्यक्ष बैठक पनि बस्ने

Globe Nepal
Globe Nepal 9 महिना अगाडी

बाल्टिमोर,अमेरिका,डिसेम्वर ६ । एनआरएन आइसीसीमा अमेरिकाज क्षेत्रबाट निर्वाचित पदाधिकारी र सदस्यहरु बाल्टिमोरमा भेला हुने भएका छन् । एनआरएन अमेरिका राष्ट्रिय समन्वय परिषदले अमेरिकाज क्षेत्रबाट आइसीसीमा निर्वाचित सबै पदाधिकारी र सदस्यहरुलाई सम्मान गर्न लागेको कार्यक्रममा सहभागी हुन उनीहरु बाल्टिमोरमा भेला हुन लागेका हुन् ।
भोली शनिवार एनआरएन अमेरिकाले यस्तो कार्यक्रम गर्न लागेको उपाध्यक्ष कृष्णजीवि पन्थले जानकारी दिएका छन् । 'यो एनसीसी अमेरिकाको कार्यक्रम हो र यहाँको स्थानीय च्याप्टरले सहयोग गरेको छ' पन्थले ग्लोब नेपाल डट कमसंग भने । कार्यक्रममा एनसीसी र अन्य च्याप्टरका पदाधिकारी र सदस्यहरु पनि सहभागी हुनेछन् ।
अमेरिकाज क्षेत्रबाट यसपटक एनआरएन आइसीसीमा सोनाम लामा उपाध्यक्ष,रबिना थापा महिला उपाध्यक्ष र गौरी जोशी सचिव निर्वाचित भएका छन् । यसैगरी यस क्षेत्रको क्षेत्रीय संयोजकमा राजन त्रिपाठी,क्षेत्रीय उप-संयोजकमा राम सी पोखरेल,महिला संयोजकमा उमा थापा र युवा संयोजकमा क्यानडाकी बिमला सापकोटा निर्वाचित भएका छन् । 
शनिवार हुने कार्यक्रममा सहभागिताका लागि एनआरएन अमेरिकाका उपाध्यक्ष पन्थ र मेरिल्याण्ड च्याप्टरका अध्यक्ष डोलनाथ घिमिरेले सबैलाई अनुरोध गरेका छन् । आजै शुक्रवार एनआरएन अमेरिकाले डिसीस्थित भारतीय दूतावासमा पुगेर कालापानीको भू भाग भारतले आफ्नो नक्सामा समेटेकोमा विरोध गर्दै एक विरोध पत्र समेत बुझाएको छ । विरोध पत्र बुझाउन आइसीसी महिला उपाध्यक्ष रबिना थापा,आरसी राजन त्रिपाठी,एनसीसीका वरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बन्जाडे,उपाध्यक्ष कृष्णजीवि पन्थ र मेरिल्याण्ड च्याप्टरका अधक्ष डोलनाथ घिमिरे भारतीय दूतावास पुगेका थिए ।
एनसीसी बैठक पनि बाल्टिमोरमै हुने 
शनिवार हुने स्वागत एवं सम्मान कार्यक्रममा सहभागी हुन एनसीसीका अध्यक्ष सुनील शाह,वरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बन्जाडे लगायत अन्य पदाधिकारी र सदस्यहरु पनि बाल्टिमोर आउनेछन् । यही अवसरमा एनसीसी कार्यसमितिको प्रत्यक्ष बैठक समेत बाल्टिमोरमा नै हुने भएको छ । यसका साथै एनसीसी र चाप्टर नेतृत्वको संयुक्त बैठक समेत बस्नेछ । यसैगरी विभिन्न टास्कफोर्समा रहेका सदस्यहरु र च्याप्टर नेतृत्वसंग एनआरएन अमेरिकाले भावी कार्य योजनासमेत माग्नेछ । 
एनआरएन अमेरिकाले अहिलेसम्म सल्लाहकार समितिको चयन गरेको छैन भने यस क्षेत्रबाट मनोनित गर्न बाँकी तीन आइसीसी सदस्य समेत मनोनित भैसकेका छैनन् । यद्यपि आरसी राजन त्रिपाठीले मनोनयनका लागि आइसीसीमा सिफारिश गरिसकेका छन् । 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com