कांग्रेसले तरूण दल सहित ९ वटा भ्रातृसंगठनकाे अवधि ६ महिना थप्याे

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,साउन १६ गते । नेपाली कांग्रेसले भ्रातृ संस्थाकाे अवधि ९ महिना थप गरेकाे छ। पार्टीले ताेकेकाे समयमा महाधिवेशन गर्न नसकेपछि यी संस्थाहरूकाे अवधि थप गरिएकाे हाे । कांग्रेसले यसरी नेपाल तरूण दल,नेपाल विधार्थी संघ सहित ९ वटा संस्थाकाे समय थप गरेकाे नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पाैडेलले विज्ञप्ति जारी गरेर जनाएका छन।उनले जारी गरेकेा विज्ञप्तिमा भनिएकाे छ-अब वस्ने केन्द्रिय कार्य समितिकाे वैठकबाट अनुमाेदन हुने गरि म्याद समाप्त भएकाे मितिबाट ६ महिनाकाे लागि निर्देशानुसार म्याद  थपिएकाे छ।

यसरी म्याद थपिएका भ्रातृसंस्थाहरूमा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाज रहेका छन्।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com