काेराेनाले विश्वमा ३ लाख मानिसकाे मृत्यु,अमेरिकामा मात्र ८६हजार बढीकाे निधन

Globe Nepal
Globe Nepal 4 महिना अगाडी

काठमाण्डाै,जेठ २ गते । विश्वब्यापी रूपमा फैलिएकाे काेराेना भाइरसकाे कारण ३ लाख भन्दा बढी मानिसकाे ज्यान गएकाे छ।चीनकाे वुहानबाट सुरू भएकाे काेराेना भाइरस अहिले पुरै विश्वभरि फैलिएकाे छ।यसरी फैलिएकाे भाइरसबाट अहिलेसम्म कुल ३ लाख ३हजार भन्दा बढी मानिसकाे निधन भइसकेकाे छ।याे राेगकाे कारण सवैभन्दा धेरै अमेरिकामा मानिसकाे निधन भएकाे छ।अमेरिकामा मात्र करिव ८७हजार मानिसकाे निधन भएकाे छ।चीनबाट याे रेागकाे सुरूवात भएपनि भाइरसकाे कारण चीनमा भने जम्मा ४६३३जनाकाे मात्र निधन भएकाे छ।

काेराेना भाइरसले चीनपछि युराेपमा धेरै असर गरेके छ भने यसपछि अमेरिकामा असर गरेकाे छ।अहिले भने यसले अमेरिका,रूस,ब्राजिल र भारतलाइ असाध्यै असर गरेकाे छ।

केही हप्ता सम्म शान्त देखिएकाे रूसमा अहिले अचानक हवात्तै काेराेना संक्रमितकाे संख्या बढेकाे छ भने रूसमा मात्र २४१८जनाकाे निधन भइसकेकाे छ।यस राेगकाे कारण सवैभन्दा धेरै अमेरिकामा निधन भएकाे छ भने यसपछि वेलायतमा निधन भएकाे छ। बेलायतमा ३३ हजार ६१४जनाकाे ज्यान गएकाे छ । याे क्रम अझै राेकिएकाे छैन।

हालकाे महाशक्ति अमेरिका र कुनै बेलाकाे विश्वविजेता वेलायत निकै संक्रमित भएकाे देख्दा यी देशमा स्वास्थ्य अवस्था सुधार गर्नुपर्ने देखिन्छ।

काेराेना भाइरसले पछिल्लाे समय नेपालमा निकै असर गरेकाे छ तर यहाँ काेही पनि गम्भीर विरामी भने छैनन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com