काठमाण्डाैं,माघ १ गते । जनतालाइ निशुल्क खाेप दिन्छु भनेकाे सरकारले काेराेना भाइरस विरूद्धकाे खाेप ल्याउन चन्दा संकलन गर्न थालेकाे छ।केाराेनाकाे निशुल्क उपचार गर्न सकिन्न भनेर पन्छिएकाे सरकार सर्वाेच्चकाे फैसलापछि निशुल्क खाेप दिने भाषण गरेकाे थियाे तर विहिवार सरकारले सार्वजनिक सुचना नै जारी गरेर काेभिड भाइरस विरूद्धकाे खाेप ल्याउने सरकारकाे अभियानमा साथ दिन काेभिड-१९ विरूद्धकाे खाेप ल्याउन खाेप काेषमा सहयाेग गर्नुस भनेर ब्यांककाे खाता नम्वर समेत सार्वजनिक गरेकाे छ। निशुल्क खाेप दिन्छाैं भनेर सरकारले खाेपकाे लागि चन्दा उठाउन थालेकाे छ।छदाखादाकाे संसद विघटन गरेर वैशाखमा चुनाव गर्छु भन्ने फाेस्राे धाक लगाएकाे सरकारले खाेपकाे लागि भने चन्दा उठाउन थालेकाे छ।