काेराेनाले उग्र रूप लियाे,विराटनगरमा फेरि लकडाउन,प्रहरी हेडक्वार्टर नै काेराेनाकाे निशानामा परयाे

Globe Nepal
Globe Nepal 7 दिन अगाडी

काठमाण्डाैं,साउन १६ गते । भारतसंग सिमाना जाेडिएका नेपालका जिल्लाहरूमा हवात्तै काेराेना भाइरसकाे संक्रमण बढेकाे छ। काेराेना संक्रमण बढेपछि विराटनगरमा पुन लकडाउन गरिएकाे छ।दुइ साताकाे लागि गरिएकाे लकडाउन प्रभावकारी नभए पुन थपिनेछ।विराटनगर मात्र नभइ देशका अन्य भु-भागमा पनि लकडाउन गरिएकाे छ।अहिले भने स्थानीय तहले स्थानीय प्रभाव हेरि निषेधाज्ञा र लकडाउन गरेका छन।

काेराेना भाइरसले अहिले सवैभन्दा असर विरगन्जमा गरेकाे छ।विरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाइ समेत काेराेना भाइरस लागेकेा छ।उनी काठमाण्डाैंमा थिए। बीरगन्जबाट काठमाण्डाैं हिडेका मेयरलाइ बाटाेमा नै ज्वराे आएपछि उपचारकाे लागि अस्पता लगिएकाे थियाे।यहि क्रममा उनकाे काेराेना परिक्षण गर्दा पाेजेटिभ देखिएकाे थियाे।

वीरगन्जका मेयर मात्र हाेइन,वीरगन्जवासी १३५ जना थप काेराेना संक्रमित भएका छन भने ति मानिसलाइ आइसाेलेसन वार्डकाे अभावमा घर-घरमा नै राखिएकाे छ।

उता,महाेत्तरीकाे जलेश्वर नगरपालिकामा पनि निषेधाज्ञा जारी गरिएकाे छ।काेराेनाकाे संक्रमण अचानक बढेपछि जलेश्वरलाइ निषेधाज्ञा जारी गरिएकाे हाे।जलेश्वर नगरपालिकाकाे कर्मचारीलाइ नै काेराेना लागेकाे थियाे।

उता,पुर्वकाे सुनसरी जिल्लाकाे इटहरीमा पनि नगरपालिकामा निषेधाज्ञा लगाइएकाे छ।

काेराेनाले असाध्यै असर गर्ने संकेत अहिले नेपालगन्जमा देखिएकाे छ।प्रदेश ५ का मुख्यमन्त्री शंकर पाेखरेल प्रदेश ५ मा काेराेना नियन्त्रण भएकाे भनेर टिवट गरेकाे दाेस्राे दिनमा नै त्यहाँ काेराेनाले उग्र रूप लिएकाे हाे । काेराेनाले नेपालगन्जकाे आन्तरिक राजश्व विभाग र यातायात कार्याकाे कर्मचारीलाइ समेत असर गरेकाे छ।अब आइतवार देखि यहाँ निषेधाज्ञा लगाउने निर्णय भएकाे छ।

काेराेनाले कतिसम्म असर गरेकाे छ भने नेपाल प्रहरीकाे नक्साल स्थित हेड क्वार्टरमा ७२ जना प्रहरी अधिकारीलाइ काेराेना लागेकाे पुष्टि भएकाे छ।देशभर करिव ३सय प्रहरी काेराेनाकाे चपेटामा परेका छन।यता ट्राफिक प्रहरीलाइ पनि काेराेना लागेकाे खवर छ।

यता पहाडी जिल्ला स्याङजामा पनि काेराेना बढेपछि निषेधाज्ञा जारी गरिएकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com