काेराेनाले एकै दिन चार जनाकाे मृत्यु, संक्रमित संख्या १९ हजार नाघयाे

Globe Nepal
Globe Nepal 7 दिन अगाडी

काठमाण्डाैं,साउन १६ गते । काेराेना भाइरसकाे संक्रमण परेर वितेकाे २४ घण्टामा थप चार जनाकाे निधन भएकाे छ।पछिल्लाे समय काेराेना असाध्यै पिराेलेकाे वीरगन्जमा नै चारै जनाकाे निधन भएकाे हाे।वीरगन्जमा थप १३५ जना संक्रमित हुदा पनि उनीहरूलाइ राख्ने अस्पताल र वार्डकाे ब्यवस्थापन हुन सकेकाे छैन।यसरी निधन भएका तिन जना वीरगन्जकै हुन भने एकजनाकाे पाटन अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे हाे । चारै जना विरगन्जनिवासी हुन।यससंगै काेराेनाकाे कारण निधन हुनेकाे संख्या ५६ पुगेकाे छ।पछिल्लाे डेढ सातामा मात्र वीरगजन्जमा करिव एक दर्जन मानिसका निधन भइसकेकाे छ।

सरकारले भने शुक्रवार मात्र दसहजार मानिसकाे पिसिअार परिक्षण गरेकाे जानकारी दिएकाे छ ।यसमध्ये २३४ जनालाइ मात्र पाेजेटिभ देखिएकाे छ। शुक्रवार राजधानी काठमाण्डाैंमा नै ३२ जना संक्रमित भएका छन भने सवैभन्दा धेरै पर्सामा ४१ जना संक्रमित भएका छन।काेराेनाबाट तराइका जिल्लामा मात्र नभइ सुदुरपश्चिमका पहाडी जिल्ला वझाङमा २५ जना संक्रमित भएका छन। यसरी कुल संक्रमित १९हजार ७७१ पुगेका छन भने अहिले उपचारमा ५हजार ३१६ रहेका छन।

 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com