काेराेना झन बढयाे,नेपालगन्ज र जनकपुरमा पनि निषेधाज्ञा,काठमाण्डाैंमा २२ जना थपिए

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,साउन १८ गते । काेराेना भाइरसकाे संक्रमण बढेसंगै यसकाे त्रास पनि बढेकाे छ।तराइका जिल्लामा काेराेनाकाे संक्रमण हवात्तै बढेपछि ठाउँ ठाउँमा लकडाउन र निषेधाज्ञा लगाउन थालिएकाे छ।पछिल्लाे समय ३ दिनकाे लागि वाँकेकाे नेपालगन्जमा निषेधाज्ञा लगाइएकाे छ।नेपालगन्जमा त्रिभुवन चाेकमा रहेकाे मिठाइ पसलबाट सल्केकाे काेराेनाले एकैपटक १६ जनालाइ संक्रमण भएपछि अचानक निषेधाज्ञा लगाइएकाे हाे।नेपागन्जमा समुदायस्तरमा काेराेना सरेकाे छ।

यस्तै,जनकपुरमा पनि काेराेना हवात्तै बढेकाे छ।यसरी भाइसकाे असर बढन थालेपछि जनकपुरमा पनि निषेधाज्ञा लगाइएकाे छ।अाइतवा एकैदिन धनुषामा ३५ जनामा काेराेना संक्रमण देखिएकाेछ।

सवैभन्दा धेरै संक्रमण भने पर्साकाे वीरगन्जमा देखिएकाे छ।पर्सामा अाइतवार मात्र ८१जनामा संक्रमण देखिएकाे छ।यहा मेयर र सांसदलाइ पनि संक्रमण भएकाे छ।मेयर विजय सरावगीकाे परिवारमा पनि काेराेना सरेकाे पुष्टि भएकाे छ।

यता काठमाण्डाैंमा पनि थप २२ जनालाइ काेराेना संक्रमण भएकाे छ।अब नेपालमा कुल संक्रमितकाे संख्या २० हजार ३३२ पुगेकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com