काेराेना वढेपछि भक्तपुर र ललितपुरमा अत्यावश्यक वाहेकका सेवा फेरि वन्द

Globe Nepal
Globe Nepal 10 दिन अगाडी

काठमाण्डाैं,कार्तिक १ गते । जिल्ला प्रशासन कार्यालय भक्तपुर र ललितपुरले अत्यावश्यक वाहेकका सवै सेवा वन्द गरेका छन।शनिवार दुवै जिल्ला प्रशासन कार्यालयले वक्तब्य जारी गर्दै भाेलिदेखि अनिश्चितकालकाे लागि अत्यावश्यक वाहेकका सवै सेवा वन्द गरेकाे जनाएकाे छ।

केही साता यता देखि राजधानीकाे काठमाण्डाैं,भक्तपुर र ललितपुरमा काेराेना संक्रमितकाे संख्या हवात्तै बढेकाे छ।यसमध्ये सवैभन्दा धेरै काेराेना संक्रमित काठमाण्डाैंमा बढेकाे छ।

यी दुइ जिल्ला प्रशासन कार्यालयले अलग अलग वक्तब्य जारी गर्दै जिल्ला वन्दकाे घाेषणा गरेका हुन।गत चैत ११ गते देखि लकडाउन र पछि निषेधाज्ञा जारी गरिएकाे थियाे।तर,गत महिना देखि अचानक सरकारले वस देखि विमानसम्म सवै खुल्ला गरेकाे थियाे।लामाे दुरीकाे वस समेत चलाएपछि काठमाण्डाैंमा सवैभन्दा धेरै काेराेना संक्रमित वढेका हुन।सरकारले काेराेना वढेपनि सवैजनताकाे उपचार राज्य गर्ने नसक्ने वताइसकेकाे छ भने काेराेना परिक्षण पनि नगर्ने जनाएकाे छ।यसरी सरकार पछि हटेकाे बेलामा काेराेना झन वढेपछि उपत्यकाका दुइ जिल्लाले निषेधाज्ञा जारी गरेपनि सवैभन्दा धेरै संक्रमित भएका काठमाण्डाैंमा भने कुनै सुचना जारी गरिएकाे छैन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com