काठमाण्डाैं,मंसिर १२ गते । काेराेना संक्रमणबाट गएकाे २४ घण्टामा नेपालमा १७०३ जना संक्रमित भएका छन।स्वास्थ्य मन्त्रालयले १० हजार ४६० जनामा गरेकाे पिसिअार परिक्षण अनुसार १७ सय जना संक्रमित भेटिएका हुन।काेराेना संक्रमणबाट सवैभन्दा धेरै काठमाण्डाैं उपत्यकालाइ नै असर गरेकाे छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा ५९९, ललितपुरमा १६०, मोरङमा १०९, झापामा ९६, रुपन्देहीमा ७०, भक्तपुरमा ६३, कास्कीमा ५४, दाङमा ४५, सुनसरीमा ३९, कैलालीमा ३७, काभ्रेमा २८, बाँकेमा २६, चितवनमा २५, बर्दियामा २३, मकवानपुरमा २१, पाल्पामा १७, नुवाकोटमा १६, तनहुँ र नवलपरासीमा १५र१५ संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कञ्चनपुरमा १२, धनुषा, कपिलवस्तु, गुल्मी र बैतडीमा ११र११, दोलखा, पर्वत र स्याङ्जामा १०र१०, पर्सा, सुनसरी, सिराहा र जुम्लामा ९र९, गोरखा, दैलेख, अछाम र बझाङमा ८र८, धादिङमा ७, बारा, सर्लाही, सिन्धुपाल्चोक, सल्यान र डडेल्धुरामा ६र६ र लमजुङमा ५ जना संक्रमित भेटिएका छन् ।
महोत्तरी, सिन्धुली, नवलपरासी पूर्व, जाजरकोट र सुर्खेतमा ४र४, खोटाङ र प्युठानमा ३र३, उदयपुर, ताप्लेजुङ, पाँचथर, भोजपुर, रौतहट, रोल्पा र मुगुमा २र२, इलाम, ओखलढुंगा, धनकुटा, संखुवासभा, रसुवा, अर्घाखाँची, रुकुमपश्चिम, डोटी र दार्चुलामा १र१ जनामा संक्रमण पुष्टि भएको छ ।