काठमाण्डाै,मंसिर १८ गते । भारत सरकारले भर्खर पास गरेकाे कृषि सम्वन्धी तिन वटा कानुन किसानकाे अहितमा र कर्पाेरेट हाउसकाे हितमा रहेकाे भन्दै विराेध उत्रिएका किसानले वार्तामा जुटेका छन।दिल्लिाकाे सडकमा किसानले विशाल प्रदर्शन गरेपछि सरकार वार्ताकाे लागि राजी भएकाे छ।तर विहिवार कृषि मन्त्रालयमा वार्ताकाे लागि आएका किसानले सरकारसंग वार्ता त गरे तर सरकारले खुवाएकाे खाजा भने खाएनन।वरू मन्त्रालय कै एक कुनामा वसेर उनीहरूले घरबाटै वाेकर ल्याएकाे राेटी र तरकारी खाए। सामान्य यस्ताे वार्तामा खाजाकाे ब्यवस्था आयाेजक अर्थात सरकारले नै गर्ने गर्दछ।तर किसानले वार्ता नमिलेसम्म उसले खुवाएका खाजा समेत खाएनन। किसानकाे भनाइलाइ उदृध गर्दै विविसीले जनाए अनुसार,याे स्वाभिमानकाे लडाइ हाे र यसमा अर्काे पक्षसंग झुक्नुहुन्न भन्ने मान्यता किसानले राखेका छन।किसानले आफै ल्याएकाे खाजा खाएकाे दृश्य भारतीय समाचार संस्था एएनआइ सार्वजनिक गरेका छन।जुन भिडियाे अहिले भाइरल भएकाे छ।