कोरोना भाइरस रोग (COVID-19) हालसालै पत्ता लागेको कोरोना भाइरसका कारण सर्ने एउटा संक्रामक बिमारी हो।

कोरोना भाइरस रोग (COVID-19) हालसालै पत्ता लागेको कोरोना भाइरसका कारण सर्ने एउटा संक्रामक बिमारी हो।



जुन भाइरसले गर्दा COVID-19 हुन्छ त्यो मुख्यतया कुनै संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा वा सास फेर्दा निक्लने अत्यन्त साना थोपाहरूबाट अर्को व्यक्तिमा सर्छ। यी साना थोपाहरू धेरै भारी हुनाले हावामा तैरिन सक्दैनन् र छिट्टै नै भुइँ वा सतहमा झर्छन्।तपाईं COVID-19 भएको कुनै व्यक्तिको अत्यन्त नजिकै हुनुहुन्छ भने यो भाइरस सासमार्फत भित्र जानाले वा तपाईंले संक्रमित सतहमा छोएपछि आफ्ना आँखा, नाक वा मुख छुनाले तपाईंलाई संक्रमण हुन सक्छ।