गगनले निर्वाचन क्षेत्रका जनतालाइ निशुल्क मास्क घर घरमा पठाइदिए

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,साउन१७ गते । नेपाली कांग्रेसका युवा नेता तथा काठमाण्डाैं क्षेत्र नम्वर ४ बाट निर्वाचित सांसद गगन थापाले उदाहरणीय काम गरेका छन।उनले शनिवार काठमाण्डाैं क्षेत्र नम्वर ४ का मतदातालाइ घर घर मा काेराेनाबाट वच्न मास्ककाे प्याकेट र यसकाे प्रयाेग विधिकाे वुकलेट पठाइदिएका छन।सामान्यतया हरेक मानिसले मास्क प्रयाेग गर्न सक्ने भएपनि उनले मास्क र काेराेनाबाट वच्ने उपाय सहितकाे वुकलेटले गजबकाे सन्देश दिएकाे छ।उनले मतदातालाइ सचेत मात्र पारेका छैनन,यसले काेराेनाका कहरकाे वारेमा पनि सन्देश दिएका छन।नेपालमा अहिलेसम्म कुनै पनि जनजप्रतिनिधिले यस्ताे उदाहरणीय काम गर्न सकेका छैनन।

नेपालीहरूले सिंगापुर देखि युराेप अमेरिकासम्म यस सरकारले घर घरमा मास्क पठाइदिएकाे खवर पढेका थिए तर काठमाण्डाैं क्षेत्र नम्वर ४ का मतदाताले भने यसकाे प्रत्यक्ष प्रयाेग गर्न पाएका छन।

सांसद थापाले हरेक घरमा पार्सल गरेर मास्क पठाइदिएका हुन।उनकाे सचिवालयले यसकाे ब्यवस्थापन गरेकाे थियाे।हरेक मतदाताकाे नाम संकलन गरि उनीहरूकाे ठेगाना उल्लेख गरेर मास्क पठाइदिएका हुन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com