गगन थापाकाे नक्कली टिवटर अकाउण्ट राष्ट्रपति कार्यालयले चलाएपछि.....

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,कार्तिक १२ गते । नेपाली कांग्रेसका नेता गगन थापाकाे प्याराेडी अकाउण्ट वनाएर उनलाइ उल्ली विल्ली गर्ने टिवटर अकाउण्ट नै राष्ट्रपति कार्यालय चलाएपछि हंगामा भएकाे छ।टिवटरमा thapagk1 रहेकाे हयाण्डललाइ राष्ट्रपति कार्यालयका सञ्चार विज्ञले ShitalNiwas भनेर अचानक चलाएका थिए। 

दुइ दिन यता अचानक सक्रिय भएकाे याे हयाण्डल गएराती मात्र भेरिफाइड भएकाे थियाे। अर्काकाे हयाण्डलाइ सापटी लिइर राष्ट्रपति कार्यालयले चलाएपछि यसमा रहेकाे पुराना टिवट पनि रहेकाे चाल पाएपछि सामाजिक सञ्जालमा राष्ट्रपति जस्ताे गरिमामय संस्था याे के विजाेग गरेकाे भनेर चर्चा चलेकाे थियाे।वुधवार दिनभर झन यसकाे वारेमा उग्र चर्चा चलेपछि अपरान्ह अचानक याे हयाण्डल वन्द गरिएकाे छ।

सामाजिक सञ्जालमा सरकारकाे उग्र समर्थन गरेर लेख रचना र टिवट गर्दा गर्दै राष्ट्रपतिकाे सञ्चार विज्ञ भएका टिका ढकालले यसकाे पुष्टि गरेका छन।उनले भनेका छन-राष्ट्रपति कार्यालयका सूचना र जानकारी साझा गर्ने उद्देश्यले चलाइएको@ShitalNiwas

ह्यान्डलमा प्राविधिक समस्या देखिएकाले उक्त खाता बन्द गरिएको छ । कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरी प्रस्तुत गर्नेछौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु ।भेरिफाइ गराएको मैले नै हो, दुई दिन मात्र भयो । अन्य एकाउन्ट पनि भेरिफाइ हुँदैछन् । तर, नचलाइएको पुरानो एकाउन्ट त्यहि नाममा दर्ता रहेछ, म गएपछि त्यसैलाई एक्टिभेट मात्र गरिएको हो, अहिले समस्या देखिएकाले तत्काल नयाँ खाता बनाउनु पर्ने देखियो ।
याे काण्डपछि राष्ट्रपति कार्यालय पुन विवादमा मात्र अाएकाे छैन,उसले कस्ता मानिसलाइ स्थान दिएकाे छ भन्ने पनि प्रमाणित भएकाे छ।साथै,गगन थापाकाे नक्कली अकाण्ट खाेलेर उनलाइ मनपरी लेख्ने फेक ब्यक्ति पनि कतै सरकार राष्ट्रपति कार्यालय मै सक्रिय काेही ब्यक्ति त थिएनन भन्ने प्रश्न पनि जन्मिएकाे छ।अन्यथा,अरूले चलाएकाे अकाण्ट दाेस्राे ब्यक्तिले कसरी चलाउन सक्छ ?

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com