गगन थापा र भीम रावलले दशैं भत्ता फिर्ता गरे

Globe Nepal
Globe Nepal 3 दिन अगाडी

काठमाण्डाैं,कार्तिक २ गते । सांसद गगन थापा र भीम रावलले संसद सचिवालयले दिएकाे दशैं भत्ता फिर्ता गरेका छन।काेराेना संक्रमण भएर घरमै वसेका सांसद थापाले दशैं भत्ता फिर्ता गरेकाे जनाएका छन।देश संकटमा रहेकाे र सरकारले जनताकाे प्राथमिक स्वास्थ्यमा समेत उपचार गर्न सक्दैनाैं भनेकाे वेलामा सांसदले दशैंका अतिरिक्त भत्ता लिन नसुहाउने भन्दै फिर्ता गरेकाे जनाएका छन । यस्तै,अर्का नेता भीम रावलले संसद सचिवालयलाइ पत्र नै लेखेर दशैं भत्ता वापतकाे रकम फिर्ता लिन भनेका छन।उनले लेखेकाे पत्र अनुसार,दशैं भत्ता वापत प्राप्त ६४जार ७० रूपैयाँ फिर्ता गरेकाे जनाएका छन।उनले भनेका छन-दसैं भत्ता बापत मेरो खातामा पठाइएको रकम रू.६४,०७० कार्तिक महिनाको पारिश्रमिकबाट कट्टी हुनेगरी संसद सचिवालयमा फिर्ता हुने संघीय संसदको लेखाका कर्मचारीले मलाई जानकारी गराउनु भएको छ ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com