काठमाण्डाैं,मंसिर १७ गते । पुल उदघाटन गर्न जाँदा तनहुमा प्रहरीले पक्राउ गरि हिरासतमा लिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेल रिहा भएका छन।उनी अहिले घरमा रहेका छन। चार घण्टासम्म हिरासतमा रहदा पनि पाैडेललाइ छाडने सुरसार सरकारले नगरेपछि कांग्रेस सभापति शेरवहादुर देउवाले प्रधानमन्त्री केपी अेालीलाइ टेलिफाेन गरेका थिए।उनले फाेनमा पक्राउ र धरपकडकाे विराेध गरेकाे लगत्तै उनलाइ छाडिएकाे थियाे।
तनहुमा पुल उदघाटन गर्न जाँदा निषेधाज्ञा ताेडेकाे भन्दै उनलाइ प्रहरीले पक्राउ गरेकाे थियाे। पाैडेलकै पालामा वनाउन सुरू गरिएकाे पुल उनले वुधवार उदघाटन गरेका थिए।यसपछि प्रहरीले उनलाइ पक्राउ गरि भ्यान राखेर प्रहरी कष्टडीमा राखेकाे थियाे। सभामुख देखि पटक पटक मन्त्री समेत भइसकेका वरिष्ठ नेता पाैडेललाइ किन यसरी पक्राउ गर्नुपरयाे ? भनेर अहिले प्रश्न गर्न थालिएकाेछ।उनी पक्राउ परेकाे विराेधमा नेविसंघले राजधानीकाे माइतीघरमा विराेध प्रदर्शन गरेकाे छ।