जनता भन्छन-कहाँ छ सरकार ? अव कर तिर्दैनाैं

Globe Nepal
Globe Nepal 3 दिन अगाडी

काठमाण्डाैं,कार्तिक २ गते । समाजवाद ल्याउँछाैं भनेर कस्सिएकाे नेकपा सरकारले अन्तत काेराेना संक्रमण भएमा नागरिककाे उपचार गर्न सक्दैनाैं भनेकाे छ।अाइतवार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले काेराेनाकाे उपचार अव सरकारले निशुल्क गर्न नसक्ने वताएका छन।उनले यस्ताे वताएपछि सरकारकाे वारेमा तिव्र अाक्राेश पैदा भएकाे छ।

अहिलेसम्म काेराेना उपचारकाे सन्दर्भमा महत्वपुर्ण भुमिका नखेलेकाे सरकारले अचानक दुवै हात उठाएकाे छ।तर,यहि वेलामा नेपालमा काेराेना संक्रमितकाे दर र मृत्युकाे दर वढेकाे छ।चिसाे माैसममा काेराेनाकाे भाइरसकाे वाँच्ने अवधि वढने र संक्रमण पनि तिव्र हुने वताइरहेकाे वेलामा समाजवादी सरकारले दुवै हात उठाएर अाफै उपचार गर्नु भने पछि सरकार के काे लागि ? भनेर प्रश्न गर्न थालिएकाे छ।विश्वलाइ नै गाँजेकाे सरकारले यसअघि पनि यसैगरि हात उठाएकाे थियाे । उसले काेराेनाकाे परिक्षण अाफै गर्नु,उपचार अाफनै खर्चमा गर्नु,अस्पताल नअाउनु,हाेम अाइसाेलेसनमा वस्नु,मृत्यु भएमा लासकाे ब्यवस्थापन अाफै गर्नु भनेपछि सरकार के काे लागि भनेर प्रश्न गर्न थालिएकाे छ।र,सरकार कहाँ छ ? भनेर प्रश्न गर्न थालिएकाे छ।

कतिपय मानिसले चाहि त्यसाे भए याे सरकारलाइ कर किन तिर्ने भनेर प्रश्न गर्न थालेका छन।नियममा नभएकाे दशैं भत्ता सांसदलाइ दिएकाे सरकारले जनतालाइ भने यस्ताे सास्ती दिएर अन्त्यमा हात उठाएकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com