जनसम्पर्क समितिका सभापतिहरुको संयुक्त बैठक
संयमित रहन विभाग प्रमूखको अनुरोध

Globe Nepal
Globe Nepal 3 महिना अगाडी

न्यूयोर्क,अमेरिका,अप्रिल ११ । नेपाली जनसम्पर्क समितिका सभापतिहरुको संयुक्त बैठक सम्पन्न भएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्व नै आक्रान्त भएको यो बेला जनसम्पर्क समितिका विभिन्न देशका नेतृत्वकर्ताहरुले संयुक्त कन्फरेन्स बैठक सम्पन्न गरी नेपालीहरुको अवस्था र वस्तुस्थिति बुझ्ने प्रयास गरेका छन् । बिहीवार सम्पन्न यो कन्फरेन्स बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति समन्वय विभागका प्रमूख गोविन्द भट्टराईको विशेष सहभागिता रहेको थियो । चार घण्टा लामो बैठकमा मूख्य रुपमा समितिका सभापतिहरुले आ आफ्नो देशमा कोरोना भाइरसले पारेको प्रभाव र ती देशमा रहेका नेपालीहरुको अवस्था र  यो संक्रमणको बेला समितिले गरिरहेका कार्यहरुका बारे एकापसमा जानकारी आदानप्रदान गर्ने काम भएको कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति आनन्द विष्टले जानकारी दिए ।
बैठकमा सहभागी सभापतिहरुले कोरोना भाईरसको संक्रमणको कारण अप्ठ्यारोमा परेका नेपालीहरुलाई सघाउन आफुहरुले बिभिन्न राहत समिति बनाई कार्य गरिरहेको जानकारी गराएका थिए । यस्तो बिपदको बेला नेपाली दुतावास, एनआरएनए लगायतका स्थानिय संघसंस्थाहरुसंग सहकार्य गरी जनचेतना जगाउने, राहत प्रदान गर्ने र सुरक्षित भएर घरमै बस्न आग्रह गर्ने जस्ता कार्यहरुलाई तीव्रता दिएको सहभागीहरुको भनाई थियो ।
सहभागी समितिका सभापतिहरुले यो संकटको बेला विदेशमा रहेका नेपाली विद्यार्थीहरु,पारिवारिक भेटघाटका लागि छोटो अवधिको भीषामा विदेशमा रहेका अभिभावक र अस्थायी भीषामा विभिन्न देशमा रहेका नेपालीहरुलाई ज्यादा असर परेको र हवाई उडान समेत स्थगन भएका कारण स्वदेश फर्कन कठीनाई भैरहेको जस्ता समस्या बारे जनसम्पर्क समन्वय विभाग प्रमूखलाई अवगत गराएका थिए ।
खासगरी खाडी मुलुकमा रहेका कामदार नेपालीहरुको बस्ने व्यवस्था भएपनि आर्थिक समस्या दिनप्रतिदिन बढ्दै गएको र भोलीका दिनमा लाखुन कामदारहरु नेपाल फर्कन बाध्य हुनुपर्ने स्थिति बन्न सक्ने स्थिति रहेको भन्दै नेपाल सरकारले यसको व्यवस्थापनमा समयमै उच्च योजना बनाउनु पर्ने र यो विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिई आवश्यक पहल गर्नुपर्ने सभापतिहरुको साझा धारणा थियो ।
सभापतिहरुले उठाएको विषयका बारे पार्टी सभापतिलाई अवगत गराउने भन्दै जनसम्पर्क समन्वय विभाग प्रमूख गोविन्द भट्टराईले आफू सुरक्षित रही सबै नेपालीलाई मानवीय सहयोग गर्न अनुरोध गरे । 
कुन कुन देशका सभापतिहरु सहभागी थिए ?
पहिलोपल्ट बहराइन,जापान,अष्ट्रेलिया र मकाउका सभापतिहरुको प्राविधिक सहयोगमा आयोजना गरिएको यस्तो संयुक्त कन्फरेन्स बैठकमा जनसम्पर्क समिति,अमेरिकाका सभापति आनन्द बिष्ट, जनसम्पर्क समिति अष्ट्रेलियाका सभापति कृष्ण गिरी, जनसम्पर्क समिति जापानका सभापति रोशन केसी, बहराईनका सभापति  पदमसुन्दर गुरुङसहभागी थिए । यसैगरी बेल्जियमकी सभापति सीता सापकोटा, मकाउका सभापति लेखबहादुर गुरुङ, क्यानडाका सभापति बुद्धिप्रकास ओली, डेनमार्कका सभापति वीरेन्द्रसिंह कार्की, यूएईका सभापति भवानीप्रसाद तिमिल्सिना, दक्षिण कोरियाकी सभापति आस्था बिन्दु मल्ल, नर्बेका सभापति जितेन्द्र शाही, फ्रान्सका सभापति सुधिर राना,स्वीटजरल्याण्डका सभापति श्याम सापकोटा, कतारका कावा सभापति शंकर न्यौपाने, जर्मनीका सभापति शिखर खड्का, स्पेनका सभापति इन्द्र शर्मा, ओमनका कावा सभापति शालिक चापागाई, इजरायलका सभापति खगेश्वर अधिकारी, हङकङका सभापति मिन गुरुङ, मलेसियाका सभापति चोलाकान्त पंगेनी, कुवेतका सभापति राजेन्द्र विरही, साईप्रसकी सभापति सिता अर्याल, पोर्चुगलका सभापति बिनोद घिमिरे, नेदरल्याडका अध्यक्ष प्रेमजंग गुरुङ, माल्टाका अध्यक्ष सन्देश केसी लगायत सहभागी थिए ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com