जर्जियामा वाइडेनले ट्रम्पलाइ उछिने,डेमाेक्रयाटहरू उत्साहित

Globe Nepal
Globe Nepal 24 दिन अगाडी

काठमाण्डाैं,कार्तिक २१ गते । अमेरिकी चुनावमा डेमाेक्रेटिक पार्टीका उम्मेदवार जाे वाइडेन जितकाे नजिक पुगेका छन।निर्णायक मानिएकाे नेभाडामा अग्रता कायम गरिरहदा उनले अचानक डाेनाल्ड ट्रम्पले अग्रता लिएकाे जर्जियामा उछिनेका छन।१६इलेक्टाेरल मत रहेकाे जर्जियामा वाइडेनले जिते भने ट्रम्पलाइ हराउन उनलाइ निकै सहज हुनेछ।चुनावकाे दिन देखि शुक्रवार विहानसम्म अग्रता लिएका ट्रम्प वेलुकीपख पछि परेका छन।उनलाइ वाइडेनले उछिनेका छन।डेमाेक्रटहरूकाे लागि जर्जिया निकै महत्वुर्ण स्थान हाे।तथ्यांकले यस राज्य रिपब्लिकनहरू नै अधिकांश समय विजय भएकाे देखाएकाे छ।

मतपरिणाम सार्वजनिक हुन वाँकी ५ राज्य मध्ये वाइडेन क्रमश अग्रता लिन थालेका छन।यस्तै उनले पेन्सिलभानियामा पनि ट्रम्पलाइ भेटन अाटेका छन।

यसपटककाे अमेरिकी चुनाव निकै राेचक देखिएकाे छ। तर पछिल्ला चुनावी परिणामले ट्रम्प हतास देखिन्छन भने वाइडेन उत्साहित देखिएका छन।सवै मत परिणाम सार्वजनिक हुन अझै समय लाग्नेछ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com