काठमाण्डाैं,पुष २३ गते । टिवटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट १२ घण्टाका लागि बन्द गरिदिएको छ। अमेरिकि संसदमा उनकै उक्साहटका कारण हिंशात्मक गतिविधि भएपछि उनले थप उत्तेजक अवस्था सिर्जना गर्न सक्छन भनेर टिवटरमा सक्रिय राष्ट्रपति ट्रम्पकाे अकाउन्ट वन्द गरिएकाे हाे । ट्विटरले भनेको छ, ‘वासिंटन डीसीमा भएको हिंसात्कमक स्थितिका बारेमा ट्रम्पले गरेको तीनवटा ट्विट हटाउनुपर्नेछ। यो ट्विट हाम्रो नीति विपरीत रहेका छन्।’ट्विटरले आफ्ना नीति विपरितका ट्वीट नहटाए राष्ट्रपति ट्रम्पले ट्वीट गर्न नपाउने बताएको छ। ट्वीटरले हिंस्रक धम्की नीतिहरूसहित ट्विटर नियमहरूको उल्लङ्घन गर्दै लगातार ट्विट गरेमा सधैँका लागि अकाउन्ट बन्द गरिदिने चेतावनी पनि दिएको छ।
यस अगाडि अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले क्यापिटल हिल्समा प्रदर्शन र हिंशात्मक गतिविधि गरेका थिए।
विश्वकै शक्तिशाली देश अमेरिककाे सुरक्षति स्थल संसद भवन नै असुरक्षित भएपछि अहिले विश्वभर यसवारेमा चासाे र चिन्ता ब्यक्त गर्न थालिएकाे छ।