काठमाण्डाैं,मंसिर १४ गते । ट्रान्सपरेन्सी इन्टरनेशनलकाे रिपाेर्ट गलत भएकाे भन्दै नेपाल सरकारले याे रिपाेर्ट अस्वीकार गर्ने निर्णय गरेकाे छ।हालै मात्र ट्रान्सपरेन्सी इन्टरनेशनल ग्लाेवल रिपाेर्टले नेपालमा ५८ प्रतिशत मानिसले भ्रष्टाचार रहेकाे वताएकाे सार्वजनिक गरेकाे थियाे।उक्त रिपाेर्टले नेपाल एशियाकै भ्रष्टाचारमा पहिलाे देश भनेकाे थियाे। साथै,उक्त रिपाेर्टमा नेपालमा हुने ठुला भ्रष्टाचारमा प्रधानमन्त्रीकै संरक्षण रहेकाे समेत उल्लेख गरेकाे थियाे ।भ्रष्टाचारमा शुन्य सहनशीलता भनेर चर्चा गरेका प्रधानमन्त्री केपी अेाली नै भ्रष्टाचारीकाे संरक्षक भनेर ट्रान्सपरेन्सी इन्टरनेशनलकाे रिपाेर्टले भने सरकार उत्तेजित भएकाे छ। अाइतवार सरकारकाे निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्री पार्वत गुरूङले याे प्रतिवेदनमा असहमति जनाउदै यसलाइ अस्वीकार गर्ने निर्णय गरेकाे जानकारी गराएका छन।
गत साल ट्रान्सपरेन्सी इन्टरनेशनलकाे रिपाेर्टले नेपाल १२४बाट ११३ मा पुगेकाे थियाे।यसले नेपाल भ्रष्टाचार नियन्त्रणमा ११ स्थानले प्रगति गरेकाे सार्वजनिक गरेकाे थियाे। गत साल यति ठुलाे फडकाे मारेकाे नेपाल सरकारलाइ एक बर्ष नपुग्दै ट्रान्सपरेन्सी इन्टरनेशनलले यति छाेटाे अविधमै किन यस्ताे भन्याे भनेर सरकारले प्रश्न गरेकाे छ । यसैकारण नेपाल सरकारले यसलाइ अस्वीकार गर्ने निर्णय गरेकाे मन्त्री गुरूङले वताएका छन ।