डबल नेकपामा डबल महिलाकाे इन्ट्री ! अेाली यसरी लुत्रुक्क परे

Globe Nepal
Globe Nepal 16 दिन अगाडी

काठमाण्डाैं,मंसिर ३ गते । नेकपामा अचानक डबल महिलाकाे इन्ट्री भएकाे छ। राष्ट्रपति विधादेवी भण्डारी र चिनिया राजदुत हाेय यान्छीकाे इन्ट्री भएपछि अहिले नेपाली राजनीतिक बजार तातेकाे छ।देशकै अभिभावक भएर वस्नुपर्ने राष्ट्रपति नेकपाकाे विवाद मिलाउन र अेालीलाइ सहयाेग जुटाउन लागेपछि उनी थप विवादमा परेकी हुन।उनले १२ घण्टामा दुइ पटक प्रधानमन्त्रीसंग गहन सम्वाद गरिन।यस्तै,चिनकाे राजदुत हाेउ यान्छी पनि नेकपाकाे घर झगडामा प्रवेश गर्दा विवादमा परेकी छिन।उनले मंगलवार देखि वुधवारसम्म नेपालकाे राष्ट्रपति देखि प्रधानमन्त्री र नेकपाका नेताहरूलाइ भेटेर पार्टी एकतामा जाेड दिइन।उनले भेटेपछि नेकपाकाे घरेलु झगडामा अल्पकालिन युद्ध विराम भएकाेछ।

प्रचण्डले राखेकाे १९ पेज लामाे राजनीतिक प्रतिवेदन केही हाेइन,याे गालीकाे पुलिन्दा हाे भन्दै प्रतिवेदन फिर्ता नभएसम्म वैठक नै नगर्ने,वताउदै गरेका प्रधानमन्त्री अेाली अचानक पछि हटेर वैठक राख्न सहमत मात्र भएनन,यसमा सक्रिय सहभागी पनि भए। सचिवालय वैठक राखेकै समयमा मन्त्रीपरिषद वैठक समेत राखेका उनले एक कदम पछि हटदै मन्त्रीपरिषद वैठक सारे र सचिवालय वैठकमा भाग लिए।सचिवालय वैठकमा उनले प्रचण्डकाे प्रतिवेदनकाे जवाफ दिने वताए र यसकाे लागि समय पनि लिए।सचिवालय वैठकमा अेालीले भाग लिएपछि अेाली गलेकाे सन्देश मात्र गएकाे छैन,यसकाे पछाडिकाे कारण पनि खाेज्न थालिएकाेछ।मंगलवार राती चिनिया राजदुतले भेटेर प्रधानमन्त्री सहितका नेतालाइ नमिठाेसंग हकारेपछि अेाली पछि हटेकाे वताइन्छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com