काठमाण्डाैं,कार्तिक २४ गते । दशैंपछि काेराेना संक्रमितकाे संख्या हवात्तै बढेकाे छ।देशकाे विभिन्न भागमा दशैं मनाउन मानिसहरू हिडदा यति ठुलाे संख्यामा काेराेना संक्रमित थपिएका हुन। पछिल्लाे तथ्यांक अनुसार,दशैंपछिकाे १५ दिनमा कुल ३७ हजार १९४ जना संक्रमित थपिएका छन । यस्तै यहि अवधिमा २६४ जनाकाे काेराेना संक्रमणबाट निधन भएकाे छ।दशैं अघिसम्म काेराेना संक्रमित भएर मृत्यु हुनेकाे दैनिक संख्या निकै कम थियाे तर पछिल्ला दिनमा काेराेना संक्रमितबाट मृत्यु हुनेकाे संख्या दर्जन भन्दा बढता छ।
याे तथ्यांकले नेपालमा काेराेना संक्रमण उच्च गतिमा वढेकाे देखिएकाे छ भने चिसाे माैसम वढदै गएकाे हुनाले यस अवधिमा काेराेना संक्रमण र छाती तथा श्वासप्रश्वास सम्वन्धी समस्या झन थपिने निश्चित छ।तर सरकारले यस तर्फ चासाे र चिनता पटक्कै गरेकाे छैन।वरू सरकार ढल्ने हाे कि ? सत्तारूढ दल फुटने हाे कि भन्ने नयाँ वहश जारी छ।नेकपाकाे विवादले काेराेनाकाे वारेमा कम मात्र वहश र विश्लेषण भइरहेकाे छ।