काठमाण्डाैं,मंसिर १७ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । काेराेना संक्रमण भएपछि उनी अस्पतालमा वसेर यस राेगकाे उपचार गराइरहेका थिए। सन्दीपले सामाजिक सञ्जालमार्फत आफू कोरोनामुक्त भएको जनाएका हुन् । गत आइतबार श्वासप्रश्वासमा समस्या देखिएपछि काठमाडौंस्थित ह्याम्स अस्पताल भर्ना भएका सन्दीपले १० दिनको आइसोलेसन बसाईपछि कोरोनालाई जितेका हुन् ।
राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सामेल हुनुअघि गरिएको पिसिआर परिक्षणमा सन्दीपको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । सन्दीप राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण हुँदै बिग ब्यास लिग खेल्न डिसेम्बर दोस्रो साता अष्ट्रेलिया जाने तयारीमा थिए । काेराेनामुक्त भएपछि उनी अव खेल खेल्न तयारीमा लाग्नेछन।