दाउन्नेकाे धुलाे देखेपछि क्रिकेटर सन्दीप लामिछानेले भने-यति खत्तम हाेला भन्ने मैले साेचेकै थिइन

Globe Nepal
Globe Nepal 12 दिन अगाडी

काठमाण्डाैं,मंसिर ३ गते । पुर्वपश्चिम राजमार्ग अर्न्तगत पर्ने दाउन्ने सडक खण्ड यति खत्तम भएकाे छ कि अचेल यसकाे वारेमा हरेकले प्रश्न उठाउन थालेका छन।नवलपरासी पुग्नेवेलाकाे याे महत्वपुर्ण ठाउँ दाउन्ने सडक वन्दैछ तर कहिले वनिसक्ने हाे त्याे भने प्रष्ट छैन।यहि सडकमा उडेकाे धुलाेले अहिले यस सडकमा यात्रा गर्ने यात्रीकाे साताे उडाउन थालेकाे छ।

यहि वाटाे यात्रा गरेका पुर्वसचिव रामेश्वर खनालले दाउन्नेकाे धुलाेकाे वारेमा प्रश्न उठाएका थिए।उनकाे याे भनाइ सार्वजनिक भए लगत्तै युवा क्रिकेटर सन्दीप लामिछानेले त फाेटाे सहित दाउन्नेकाे धुलाेकाे वारेमा प्रशन उठाएका छन।उनले लेखेका छन- दाउन्नेमा सडकको अवस्था यस्तो ख़राब हुनेछ भनेर कहिले सोचेको थिएन। धेरै व्यक्तिहरूले आ-आफ्नो घर फर्कनका लागि यो बाटोको प्रयोग गर्नुहुंछ। सम्बन्धित निकायको यस विषयमा ध्यान जाओस।

 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com